जुम्लाका आगलागी पिडितलाई नेबिसंघ र तरुण दल द्वारा सहयोग हस्तान्तरण

  • साझा डबली
  • सोमवार, माघ २६, २०७७
  • काठमाडौं,माघ २६ । जुम्लाको तिला गाउँपालिका वडा न ७ पोर्खी गोठी गाउँमा गत माघ १३ गते लागेको आगलागीका पिडितलाई सहयोग हस्तान्तरण गरिएको छ ।

    नेपाल बिद्यार्थी संघ जुम्लाका नेता तथा सिन्जा बहुमुखी क्याम्पसका स्वबियु सभापती अमर सिंह खत्री र नेपाल तरुण दलका नेता बिकास साहीको पहल तथा जङ्ग रोकाया र हरि रोकायको सहजीकरणमा आईतबार सहयोग हस्तान्तरण गरिएको हो ।

    घटनास्थलमा उपस्थित भइ पिडितलाई ३० थान सिरकडसना,३० पिस तन्दा र सिरानी तथा २३ बोरा चामल बितरण गरिएको थियो ।

    जुम्ला जिल्ला सग जोडिएका र अन्य सेवारुपी मनहरुको सहयोगमा राहत संकलन अभियान सुरुवात गरिएको थियो ।

    स्वबियु सभापति अमर सिंह खत्रीले साझा डबली सग कुरा गर्दै
    भने “तत्कालको परिस्थिति लाई सहज बनाउन सानो सहयोग गरेको हौ अन्य सहयोग जुटाउने अभियानमा छौ , हाम्रो अभियानलाई साथ दिने सेवारुपी हातहरु प्रति आभारी छु । साथै सुचना सम्प्रेषण गरी सहयोग गर्नुहुने साझा डबली यूनिटलाई बिशेष धन्यवाद ” ।

    गत माघ १३,१४,१५ गते दिन सम्म चलेको आगलागी बाट २६ वटा घर जलेर नष्ट भएका थिए भने ४००००० बराबरको क्षति भएको थियो । ठुलो मानवीय क्षति नभए पनि घाईते भएका केही ब्यक्तिहरु हेलिकप्टर बाट उद्धार गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology