जनपत्रकार संगठन नेपाल द्वारा पत्रकार महासंघ मुगुसँग भेटघाट

  • साझा डबली
  • आइतवार, कार्तिक १९, २०८०
  • मुगु । जनपत्रकार संगठन नेपालले पत्रकार महासंघ मुगु सँग भेटघाट तथा जिल्लाकाे समसामयिक विषयमा छलफल गरेको छ ।

    पत्रकारिता तालिमको सिलसिलामा मुगु पुगेको जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, सचिवालय सदस्य शाेभराज बराल र कर्ण विश्वकर्मा सहितको टाेलिले आइतबार पत्रकार महासंघ मुगुका अध्यक्ष नृर्पेन्द्र बहादुर मल्ल, उपाध्यक्ष नन्द बहादुर राेकाया, सचिव जीवन सेजुवाल, पत्रकार बसन्त बाँचन लगायतका पत्रकारहरू सँगकाे भेटमा जिल्लाकाे संचार माध्यमकाे अवस्था, चुनैति र महासंघले खेलिरहेको भुमिकाकाे बारेमा छलफल गरेको हाे ।

    भेटघाटमा जनपत्रकार संगठन नेपालका अध्यक्ष विश्वकर्माले मर्यादित पत्रकारिता सँगै श्रमजीवी पत्रकारहरूको पेशागत र भौतिक सुरक्षाका लागि महासंघले आस्थाको हिसाबले नभई साझा संगठन बन्नुपर्ने धारणा राखे।

    उनले स्थानीय सरकारलाई समानुपातिक विज्ञापन प्रणालीको कार्यान्वयनका लागि महासंघले भुमिका खेल्नुपर्ने बताए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने जुनसुकै प्रेस विरोधी गतिविधिका विरूद्व आफ्नो संगठन सहकार्य गर्न तयार रहेको बताए ।

    पत्रकार महासंघ मुगुले जिल्लाका समस्या चाँसाे राखेकोमा धन्यवाद दिदै जनपत्रकार संगठन नेपाललाई खादा सहित स्वागत गरेको थियोे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology