कालिकोटकी क्यान्सर पीडित महिला बेलपुराको उपचारमा समस्या,सहयोगको अपिल

  • साझा डबली
  • शनिबार, मंसिर १६, २०८०
  • सुर्खेत । जिल्लाको रास्कोट नगरपालिका ८ बड्ढुङ्गा की क्यान्सर पीडित दलित महिला बेलपुरा टमट्टाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

    बायाँ खुट्टामा क्यान्सर भई खुट्टानै गुमाएकी ३५ वर्षीय बेलपुरा टमट्टाको थप उपचारका लागि आर्थिक अभावले समस्या भएको हो । उहाँको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।

    बेलपुराको आर्थिक अभावले अस्पतालको गरिब असाहय वाडमा राखेर उपचार भइरहेको छ । उनका श्रीमान धनमल टमट्टा जन्मजात नै अशक्त छन् ।

    केही वर्ष अघि घास काट्न मेला जादा भिरबाट लडेर बेलपुरालाई चोट लागेको र समयमै उपचार हुन नसक्दा अहिले क्यान्सर भएको पत्ता लागेको हो ।

    उनका श्रीमान धनमल टमट्टाले भने “अहिले एकासी बायाँ खुट्टा सुनियो, पीप र रगत बग्न थाल्यो, किरा परेपछि प्रदेश अस्पताल सुर्खेतमा ल्याएका थियौ । डाक्टरले क्यान्सर भएको भन्नुभयो । घुडादेखि तल काट्नु पर्यो ।” उनले १० हजार रुपैया मात्र घरबाट ल्याएको र अहिले सबै सकिएकाले उपचारमा समस्या परेको दुखेसो पोखे ।

    श्रीमान् धनमलले श्रीमतीको उपचारका लागि सक्दो आर्थिक सहयोग गरिदिन देश विदेशमा रहेका सबै नेपालीहरुलाई सार्वजनकि अपिल गरे।

    उनले सहयोगका लागि धनमल टमट्टाको नाममा ग्लोबल आइएमई बैंक रास्कोट शाखामा रहेको खाता नम्बर १३७०७०१०००८४६८ मा रकम जम्मा गरिदिन अनुरोध गरेका छन् ।

    बेलपुराको उपचारमा आर्थिक सहयोग गर्न चाहने व्यक्तिले धनमलको मोवाईल नम्बर ९८६८५०४२११ मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology