सुर्खेतमा सञ्चालित ५ दिने आधारभूत पत्रकारिता तालिम समापन

  • साझा डबली
  • बिहिबार, कार्तिक १६, २०८०
  • सुर्खेत । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशद्धारा वीरेन्द्रनगरमा आयोजना गरिएको ५ दिने आधारभूत पत्रकारिता तालिम विहिवार समापन भएको छ ।

    कार्तिक १३ गतेबाट सञ्चालित ५ दिने आधारभूत पत्रकारिता तालिम ४ दिनमै लक्ष्य पुरा गरी समापन भएको हो ।

    समापन कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली ब्युरो इन्चार्ज विवेक सीले सम्वोधन गर्दै २१ औं सताब्दीको रातो क्रान्तिकारी पत्रकार भएर जनताको पक्षमा समाचार लेख्न आग्रह गरेका छन ।

    उनले दलाल पुँजीवादका विरुद्ध र बैज्ञानिक समाजवादका पक्षमा कमल चलाउनु पर्ने बताए । नेता विवेकले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न पनि प्रशिक्षार्थीहरुलाई अपिल गरे । तालिममा सहभागीहरुलाई व्युरो इन्चार्ज विवेकले सकुसल ज्ञान र सिप सिकेको विषयमा प्रमाणपत्र प्रदान पनि गरे ।

     

    समापन कार्यक्रममाा नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज ध्र्रुव सीले बुर्जुवा पत्रकार जस्तो क्रान्तिकारी जनपत्रकारहरु हुन नहुने बताए । उनले तालिमबाट सिकेको ज्ञान व्यवहारमा लागु गर्न सहभागीहरुलाई सुझाव दिए ।

     

    कार्यक्रममा जनपत्रकर संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले पत्रकार संगठन विस्तार गर्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
    उनले पत्रकारहरुलाई टिकाईरहनमा समस्या भएको भन्दै मिडिया मोर्चालाई व्यवस्थित पारेर पत्रकार टिकाउनु पर्ने विचार पनि राखे ।

    कार्यक्रममा प्रमुख प्रशिक्षक जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त विकले बर्गीय पक्षधरमा पत्रकारिता पेशा आधारित भएकाले श्रवहारावर्गको पक्षमा कलम चलाउन सहभागीहरुलाई सुझाव दिए ।

    उनले तालिममा सिकेको कुरा व्यवहारमा अभ्यास गरेर ज्ञानको विकास गर्न पनि सहभागीहरुलाई अनुरोध गरे । प्रशिक्षक विकले तालिम सफलतामा अग्रणी भूमिका खेल्ने जनपत्रकार संगठनको कर्णाली प्रदेश समिति,नेकपा मध्यकर्णाली व्यूरो र नेकपा सुर्खेतलाई धन्यवाद दिए । उनले तालिममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई पनि शुभकमाना तथा धन्वयवाद दिए ।

     

    कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले तालिम धेरै राम्रो भएको र सिकेको कुरा व्यवहारमा लागु गर्न आफूहरु तत्पर रहेको बताएका छन ।

    प्रशिक्षार्थी जयन्ती दर्लामी मगर,सुजन ऐडी, मनिसा चौलागाई,कमल दर्लामी मगर,अशोक कुमार शाही र खिम डिसीले तालिमको अनुभूति राख्दै तालिम पहिले भन्दा निकै राम्रो रहेको र अधिकतम अभ्यास गरी सिक्ने मौका पाएको भन्दै खुशी व्यक्त गरे ।

    तालिममा समाचार लेखन,संकलन,पत्रकारिताको इतिहास,उद्घोषण कला आदि विषयमा प्रशिक्षक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव विक र संगठनका केन्द्रीय सचिवालय सदस्य शोभराज बरालले सहजिकरण गरेका थिए ।

    तालिममा कालिकोट,सुर्खेत,दैलेख,बाँके,बर्दियाका करिव डेढ दर्जन प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

    जनपत्रकार संगठन नेपालका कर्णाली प्रदेश संयोजक जगदिशनाथ योगीको अध्यक्षता समापन कार्यक्रमको आयोजना गरिएको समापन कार्यक्रमको संचालन जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य रण विष्टले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology