तिजकाे नाममा विकृति र विकल्प

  • साझा डबली
  • शनिबार, भदौ ३०, २०८०
  • आज तिज कता जाँदै छ दिदी बहिनी हो !

    पहिले तिज माइती घरमा आमाबुबा ,दिदि बहिनी दाजु भाइसंग बसेर दुःख सुख साटेर आफ्नै घर आगनमा खोलेफाडो खाएर नाचेर मनाईने तिज पर्व ,

    आज तिजको नाममा महिना दिन अगाडि देखि ठुलठुला होटल र पार्टी प्यालेसमा किन तिजको नाममा फजुल खर्च गर्न हामी महिला दिदी बहिनीहरु अग्रसर छौ!

    के साच्चै हामी महिलाहरु तिजको दर खाने नाममा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा जादा ४/५ वटा सारी गहना फेरेर जानेको लागि मात्रै होत तिज पर्व !

    तपाईं हामीले सोच्ने बेला आएको छ !

    पार्टी प्यालेसमा बियर र हुस्कीको बोतल नचाउदै आफ्नो शरीर नै थाम्न नसकेर हल्लिएर मनाउने साच्चै त्यो तिज पर्व होत!

     

    दिदि बहिनीहरुले सोच्नु पर्दैन र !

    हामी जस्तै एक छाक खाना नपाउने चेलीबेटीहरु लाई तिज पर्व आउदैन होला र !

    समाजमा यस्तै खालको हुने खाने र हुँदा खाने बीचमा भएको प्रतिस्पर्धा र देखासेखिको कारण महिलाहरुले आज आत्मा हत्या गर्न बाध्य भएका छ्न, धर्म परिवर्तन गर्न बाध्य भएका छ्न ।

    तिज पर्बको नाममा लाखौं फजुल खर्च छुटाउन सक्ने जनप्रतिनिधि भनौदाहरुले सोच्नु पर्दैन ?

    त्यो फजुल गर्ने खर्च बरु एक बर्षमा सबै स्थानीय तहमा एउटा एउटा आत्मनिर्भर बन्ने महिलाहरुलाई सीप सिकाउ,

    उद्योगधन्दा खोला उसलाई एक छाक खाना नपाउने महिलाहरुलाई रोजगारीको ज्ञारेन्टि गर !

    अर्को साल अर्को सीप सिकाउ उधोगधन्दा कलकारखाना खोल कम्तीमा बर्षमा एउटा स्थानीय तहमा १० जना महिलाहरुलाई रोजगारीको ज्ञारेन्ट्री गर्दिए एक छाक खाना र एक सरो लाउन नपाएका महिलाहरुले आत्मा हत्या गर्नु पर्दैन थियोे होला।

    आखिर तिमी त्यहाँ पुग्नको लागि त त्यही एक छाक खाना नपाउने महिला दिदिबहिनीहरुले दिएको एक भोटको महत्त्वले गर्दा हैन र ?

     

    खै त : आज ऊनीहरुलाई कुनै तिजको दर खाने कार्यक्रममा बोलाएको देखिएन्न नि ?

    ठुलठुला गहना र रिमिझिमी पहिरणमा रमाउन सक्ने पहुच भएकाहरु मात्रै सहभागी गराउनको लागि सरकारी ढुकुटी रिताउनको लागि मात्रै हो त तिज पर्व ,

    अधिकारको नाममा हामीले समाजमा बिकृती ल्याउने गरि चाड पर्ब नमनाउ समाजमा नयाँ पुस्तालाई आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्न सिकाउ देखासेखी र आडम्बरीलाई त्यागौं आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गरौ ।

    सम्पूर्ण महिला दिदिबहिनीहरुलाई हरितालिका तिज २०८० को हार्दिक मंगलमय शुभकामना छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology