`एक जाति- एक वर्ग´ शीर्षकको प्रगतिशील गित सार्वजनिक

  • साझा डबली
  • सोमवार, बैशाख २४, २०८१
  •  

    काठमाडौ । असमानता, विभेद, र धनी-गरिब जस्ता आर्थिक सामाजिक शोषणका रुपहरुले गर्दा मान्छेले नै मान्छेलाई अन्याय अत्याचार गरिरहेको कुरुप यथार्थ विरुद्ध र मुक्त संसारको परिकल्पनासहित `एक जाति, एक वर्ग´ बोलको गित सार्वजनिक भएको छ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको शब्द र जनपक्षीय एवम् प्रगतिशील श्रस्टा आरोह सीको स्वर रहेको उक्त गीत सोमबारदेखि बजारमा आएको हो।

     

    आजको संसार पुँजीवादी उत्पादन प्रणालीमा आधारित छ।पुँजीवादमा सबैकुरा बजारले निर्धारण गर्छ।गित,संगित, कला साहित्य सिर्जना जस्ता सबै कुराहरू क्रय बिक्रयका लागि खपत गरिने माल हुन्छन् ।सम्पत्ति माथी व्यक्तिको नीजी अधिकार हुन्छ।नाफा, प्रतिस्पर्धा, अतिरिक्त श्रमकोशोषण पुँजीवादका आम बिषेशता हुन।समाजको आर्थिक सामाजिक र राजनीतिक संरचना नै त्यसरी तय गरिएको हुन्छ।

     

    अर्कोतिर दक्षिण एशियाको भारत र नेपालमा हिन्दु वर्णाश्रम मान्यतामा आधारित जातव्यवस्था विगत साढे तीन हजार बर्षदेखी अस्तित्वमा छ।भन्नुको अर्थ यहाँ हरेक व्यक्ति मान्छे हुनुअघि उ ब्राह्मण, क्षेत्रीय, बैश्य र शुद्रको रुपमा बिभाजित भैसक्छ र समाजले उसको परिचय नै त्यसरी बनाइदिने परिपाटी अझै जब्बर रूपमा छ।यो प्रथा बदल्नु अनिवार्य छ।त्यसो नगरी साच्चिकै मानवता, भातृत्व,र अन्तरमानविय सहकार्य पनि संभव छैन भन्ने कुरा यी हजारौं बर्षदेखिका अन्तरमानविय संघर्षका कथाहरूले आफै बोल्छन् ।

     

    यसरी समाज जात , वर्ग जस्ता मानव सिर्जित संरचनामा खण्डित भैरहेको बेला यसले समाजको सभ्यता र विकास त अवरुद्ध हुन्छ नै अर्कोतिर बाह्य शक्तिहरूले एउटा विरुद्ध अर्कोलाई लडाउने र आफ्नो निहित स्वार्थ पुर्ति गर्ने प्रयास समेत गरिरहेका छन।

     

    समाजको वर्गीय उत्पीडनको अन्त्य गर्न समाजवादी अर्थराजनीतिक प्रणाली र मानव कलङ्कको रूपमा रहेको जात व्यवस्थाको अन्त्य गर्न `सी जाति´ निर्माणको विकल्प प्रस्तुत गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको शब्द र आरोह सीको स्वर रहेको `एक जाति एक वर्ग´को भावमा आधारित उल्लेखित गित प्रगतिशील कला क्षेत्रमा एक महत्त्वपूर्ण सिर्जना हुने अपेक्षा गर्न सकिन्छ ।

     

     

    महासचिव विप्लवको शब्द , आरोह सी र लक्ष्मण सीको स्वर तथा सुन्दर लामाको संयोजन रहेको उक्त गितमा विद्यमान बर्गिय र जातीय विभेद र उत्पीडन कुनै प्राकृतिक कारणले होइन, मान्छेहरुले समाजको बिकासको खास कालखण्डमा रचेका समस्याहरू भएको भन्दै `मान्छेबाट कोरीएको नमेटिने के हुन्छ र,मान्छेबाट लादिएका नतोडिने कहाँ हुन्छ र ,भनेर यसलाई बदल्न सकिने बिश्वास व्यक्त गरिएको छ।

     

    राजनीतिक र आर्थिक परिवर्तनका तुलनामा निकै जटिल र लामो प्रक्रियाद्वारा मात्रै बदल्न सकिने समाजका सांस्कृतिक मान्यताहरुलाई रुपान्तरण गर्न कलाको निकै ठूलो भुमिका हुने अपेक्षा गरिएको बेला नेकपा महासचिव विप्लवले आफ्नो क्रान्तिकारी राजनीतिक यात्राका अनेक उकाली ओरालीबिच गित, कविता जस्ता विद्यामा समेत कलम चलाउदै आएका छन् भने एक जाती र एक बर्ग शीर्षकको यो गितले मानवता र न्यायपुर्ण समाज सहितको मुक्त संसारको लक्ष्य राखेको देखिन्छ ।

     

    यस्तो छ गितको पूरा अंश….

     

    एक जाति एक वर्ग एउटै संसार भएको दिन

    संसार कति सुन्दर होला मान्छे कति खुसी होलान्

     

    कोहि धनी कोहि गरिव बनावटी विभेद हुन

    एउटा उच अर्को निच देखावटी सिमान हुन

    एता मेरो त्यता तिम्रो केही दिनको तिसना हुन

    एउटा भन्दा अर्को अब्बल मन भित्रको तरंग हुन्

     

    मान्छेबाट कोरीएको नमेटिने के हुन्छ र

    मान्छेबाट लादिएका नतोडिने कहाँ हुन्छ र

    आखिर मान्छे मान्छे नै हो ठूलो सानो को हुन्छ र

    मुक्त समान संसार बन्दा खुसी नहुने को हुन्छ र

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology