मलाई कसैले
ब्याङ्ग्य गरेर
दम्भ र घमण्डका साथ भन्यो
म फूल हु नछोउ,नजिक नआउ
मेरो सुन्दरताको बारे
तिमीलाई थाहा छैन ।
मैले पनि गम्भीर भएर भने
हो-सुन्दर फूलहरु
देखेभन्दा बहुत
सुन्दर हुन्छन्
छिट्टै चुटिन्छन्
छिट्टै कुल्चिन्छन्
किनकि फूलहरु
सोचेभन्दा सुन्दर हुन्छन्
अरुलाई सुन्दरता दिन
फुलेका हुन्छन् ।
मैले पनि हाँसेरै भने
म पनि फूल हुँ
अलि फरक प्रजातिको फूल
म फूल कुल्चनेहरुको
विरोधी फुल हुँ।
म एकोनिटम फूल हुँ
मेरो जोकोही नजिक
आउन सक्दै सक्दैन
यदि भुलेर आएछ भने
मैले उसको मुटुको धड्कन कम
दिमाग बिगार्दिन सक्छु
मेरो पनि नजिक नआउ
मलाई पनि छुने आट नगर
म पनि एक फूल हुँ ।
तर फूलहरु आफु सुन्दर बन्न मात्र हैन?
सबैलाई सुन्दर बनाउन फुलेका हुन्छन्
फुलहरु कुल्चिन कदापि फुलेका हुदैनन् ।
फुललाई सजाउन जान्नुपर्छ
फुलको सुगन्ध अैाधी मीठो सत्य हुन्छ ।
यथार्थ चित्रण गर्नु पर्दा
फुल फुलोस् नफुलोस्
फुल रोप्नु निरन्तरता हो
छरिएका फूलहरुलाई
माला बनाउनु महानता हो
मालानै मालाको
सभ्य संसार बनाउनु यथार्थता हो ।
(विक्रान्त सी अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य)