रविलाई हिरासतबाटै निकालेर विजय उत्सव मनाउने वा कम्युनिष्ट विरोधको जीत मनाउने त्यो भीडले ?(१० आशंकाहरु)

  • पुरुषोत्तम गौतम
  • शनिबार, साउन ३२, २०७६
  • पुरुषोत्तम गौतम /द .कोरिया ।  अहिले देश तथा बिदेशमा निकै चर्चाको बिषय छ शालिकराम पुडासैनी मृत्यु प्रकरण । केहि दिन अगाडी पुडासैनीको मर्नुअगाडी बाहिरीएको एक भिडियोले अहिले अनुसन्धानमा न्युज २४ का सिधा कुरा जनतासंगका संचालक रबि लामिछाने, टिभि जर्नालिष्ट युवराज कडेल र पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की पक्राउ परेका छन । प्रहरी र अदालतले अनुसन्धानमा गर्दै छ यस बिचमा रबिका कोहि समर्थकहरुले रबिको बारेमा बोल्नेलाई खोईरो नै खनेका छन । यस बिचमा मलाई लागेका केहि १० आशंकाहरु !

    १. रवि लामिछाने र शालिकराम पुडासैनी एउटै कार्यक्रममा काम गरेर पछि छुट्दा भित्र निकै ठूलो टसल परेको हुन सक्छ । त्यो टसल शक्ति, सम्पत्ति , र स्त्रीभोगको हुन सक्छ ।

    २. शालिकराम अलग टेलिभिजनमा गएपछि त्यो पुरानो टसल झन् चर्केको र एकले अर्कोलाई सिध्याउँने स्तरमा पुगेको हुनु पर्छ । एकले अर्कोलाई सिध्याउँने टसल भनेको एकले अर्कोका पोल खोलिदिने र वदनाम गराउँने टसल हुन सक्छ । सँगै रहदा सेटिङ मिलाएर गरिएका नैतिकरअनैतिक कामलाई आधार बनाएर एकले अर्कोलाई फसाउँने टसल हुन सक्छ ।

    ३. रवि लामिछाने ले निश्चित रुपमा कार्यक्रम संचालकको काम गर्थे । तर त्यो कार्यक्रम पत्रकारिता कम र अपत्रकारिता बढी थियो । उनले भ्रष्टहरूको पोल खोलेकै हुन् तर सवैको होइन । उनले भ्रष्टाचार विरोधी अभियानलाई कम्युनिष्ट विरोधी अभियानसँग पनि जोडेका कारण आफूलाई कम्युनिष्ट भन्नेहरू स्वत उनका विरोधी भएर निस्कन वाध्य भए ।

    ४. शालिकरामको हत्या या आत्महत्या जे पनि हुन सक्छ । तर घटनाक्रमले के देखाउँछ भने( उनको मृत्युमा प्रत्यक्ष अप्रत्यक्ष रविको भूमिका छ । रवि लामिछानेले खटाएका मानिसले शालिकको हत्या नगरेका पनि हुन सक्छन् । शालिक आफै मरेका पनि हुन सक्छन् तर मर्न वाध्य पार्ने कुरा रवि एण्ड कम्पनीसँगको टसल हुन सक्छ ।

    ५. एउटा चल्तापूर्जा पत्रकार अर्को पत्रकारसँगको टसलको प्रतिवाद गर्न नसकेर मर्छ या मारिन्छ भने हामीले के बुझ्ने ?के शालिकराम स्त्री लम्पट भएकोले लाजले मरेको हो ? वा के शालिकराम कायर भएकोले डरले मरेको हो ? या शालिकराम प्रतिवाद गर्न खोज्दा मारिएका हुन ?

    ६. लाग्छ कस्तो भने, शालिकराम धेरै ठूलो षडयन्त्रको शिकार भएका हुन । उनको मृत्युको पछि निकै गहिरा कारणहरू छन् र निकै शक्तिशाली गिरोह यसमा मुछिएको छ ।

    ७. शालिकरामको मृत्यु वारेको छानविनलाई सुरु देखि नै राजनीतिकरण गरियो । प्रहरीसँग मात्र हुनु पर्ने भिडियो सार्वजनिक हुनु , रविको गिरफ्तारीपछि प्रदर्शन र दवाव सिर्जना हुनु , रवि प्रकरणलाई लिएर सिङ्गै काङ्ग्रेस तथा दरवारीया व्लक एकातिर तथा कम्युनिष्ट व्लक अर्काेतिर देखिनु आदिले अनुसंन्धान प्रभावित हुने या विलम्लित हुने खतरा बढेर गएका छन् ।

    ८. अपराध गरेकै भए पनि रवीलाई छुन नदिने वरु हिरासतबाटै निकालेर जयजयकार गर्दै विजय उत्सव मनाउँने र त्यसलाई भ्रष्टाचार विरोधीको जीत नभएर कम्युनिष्ट विरोधीको जित बनाउँन रागेको एउटा भीड तथा रवी शालिकको मामलामा मुछिएका रहेनछन भने पनि यही मौकामा उनको पत्तासाफ गराएर आनन्दको शास फेर्न उद्दत अर्को भीडको कारणले सिङ्गै वातावरण युद्धमय , अनिश्चित र प्रदुषित बनेको छ ।

    ९. रविको मामलामा प्रहरी या अदालतले जे निर्णय गरे पनि त्यसले देशमा एउटा गहिरो कलहको बीउ रोप्ने देखिन्छ । सत्ताच्युत पुराना शक्तिहरूले आफू मैदानमा आउन पैदा गर्ने अनेक नाटकहरूमा यो पनि एउटा नाटक हुन सक्ने देखिन्छ ।

    १०. जव सक्कली हिरोहरू स्खलित हुन्छन् या सक्कली हिरोहरू गुमनाम र अपमानित हुन्छन, जव वदलिएको भनेको शासन पुरानै शासकको पाइलाको डोव खोज्दै ताते ताते गर्छ, जव नयाँ भनिएका शासकहरू पनि भ्रष्ट , पतित र नालायक बन्न पुग्छन तव नक्कली हिरोहरू मैदानमा आइपुग्छन् ।

    जनयुध्द , जन आन्दोलन आदिमा एक रति पनि भूमिका नभएको वरु विदेश पलायन भएको एउटा युवा दुई तीन वर्षमै जसरी हिरो बनेको छ , यसले हाम्रो शासकहरूको नालायकी, भ्रष्ट र पतित अनुहारकै धज्जी उडाउँछ। वर्तमान शासन प्रति जनताको चरम निराशा, अविश्वास तथा घृणाको आगोमा अमेरिकाबाट फुत्त रविहरू आउँछन र लोकपृयताको रोटी सेक्न थाल्छन ्। जव शासन व्यवस्थाले न्याय दिदैन तव नक्कली न्यायधिशहरूले इजलास हेर्न सुरु गर्छन ्।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology