राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच मध्यराती भेटर्वाता के के भयो कुराकानी ?
काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको खुलासा भएको छ । राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच बुधबार राति दुई घण्टा लामो छलफल भएको हो ।
राष्ट्रपति र पूर्वप्रधानमन्त्री ओलीबीच भएको भेटघाट र छलफलको औपचारिक जानकारी दिइएको छैन । श्रोतका अनुसार अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० सम्झौताबारे शीतल निवासले पनि चासो राखेको छ ।
राष्ट्रपतिले बुधबार दिउसो प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटघाट गरेकी थिइन् । त्यसपछि उनलाई भेट्न अध्यक्ष ओली शीतल निवास गएका हुन् ।
यता, स्थानीय चुनावपछि तुल्तात्मक रुपमा फुर्सदिलो रहेका ओलीले विभिन्न पक्षसँग भेटवार्ता गरिरहेका छन् । शीतल निवास निस्कनुअघि उनले बालकोटस्थित आफ्नै निवासमा पूर्वमाओवादी नेता प्रभु साहसँग तीन घण्टा लामो छलफल गरेका थिए ।