सरकार परिवर्तन गरेर अस्थिरता सिर्जना गर्ने षड्यन्त्र सफल हुन्न : एमाले उपाध्यक्ष पौडेल

  • साझा डबली
  • बुधबार, बैशाख २६, २०८१
  • काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकार फेरेर अस्थिरता सिर्जना गर्ने कुनै षड्यन्त्र सफल हुन नदिने बताएका छन् । एमाले रामेछाप जिल्लाको नवौं अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले आउँदो निर्वाचनसम्म यही सत्ता समीकरण कामय रहने ठोकुवा गरे ।

    ‘आगामी निर्वाचन सम्म यही समीकरण र सहयात्रा कायम रहन्छ’ उपाध्यक्ष पौडेलले भने,’सरकार फेर्न खोज्ने र अस्थिरता सिर्जना गर्ने कुनै पनि षड्यन्त्र सफल हुन दिदैँनौ ।’

    नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन मिसन २०८४ पार्टी केन्द्रित रहेको उपाध्यक्ष पौडेलले जानकारी दिए । ‘आगामी निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउँछ । आउने निर्वाचनपछि नेपाली कांग्रेस कमजोर प्रतिपक्षको भूमिकामा सिमित हुन्छ’ उनले भने ।

    उनले अहिलेको सरकार परिवर्तन गरी आफैं प्रधानमन्त्री बन्न हिँडेकाहरू सरकारलाई समर्थन जारी राख्ने विन्दुमा आइपुगेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology