वित्तीय पूँजीवाद

  • साझा डबली
  • बिहिबार, अशोज १८, २०८०
  • जुन बेला पूँजीवाद प्रतिस्पर्धाको अवस्थामा थियो, त्यतिखेर बैङ्कजस्ता वित्तीय संस्थाहरू औद्योगिक पूँजीका सहयोगी अङ्गका रूपमा थिए । तिनले पूँजीपतिहरूलाई लगानीका लागि रकम जुटाइदिन्थे, प्रविधिको विकासमा मद्दत गर्दथे । तर आज वित्तीय संस्थाहरूको त्यस भूमिकामा परिवर्तन आएको छ । वित्तीय पूँजीवाद नै वर्तमान पूँजीवादको प्रमुख स्वरूप हुन पुगेको छ । पूँजीको लगानी उत्पादनको क्षेत्रमा भन्दा वित्तीय क्षेत्रमा बढी हुन थालको छ । दोस्रो विश्वयुद्धपछि सबैभन्दा पहिले बेलायत र अमेरिकाजस्ता पूँजीवादी देशहरू पूँजीलाई वित्तीय क्षेत्रमा प्रयोग गर्ने कार्यमा लागे । अहिले यो उच्च कोटीका पूँजीवादी देशहरूको आम चरित्रको विषय बनेको छ । सन् १९८३ र १९८८ मा अमेरिकामा धनको स्रोतबारे अध्ययन-अनुसन्धान गर्दा अमेरिकाको वित्तीय क्षेत्रमा लगानी सन् १९८३ मा २५ प्रतिशत भएकोमा १९८८ मा ३८ प्रतिशत हुन पुगेको छ जब कि औद्योगिक क्षेत्रमा १९८३ मा २६ प्रतिशत भएको लगानी १९८८ मा घटेर १४ प्रतिशत हुन गएको छ (Foster Holleman, 2016 : 193) |

    यसो हुनुमा एउटा कारण त स्वयम् औद्योगिक पूँजीभित्रको समस्या हो । औद्योगिक उत्पादनको क्षेत्रमा अतिरिक्त मूल्य बढी मात्रामा हडपिएका कारण ठूलो जनसङ्ख्याको रूपमा रहेको श्रमिक वर्गले क्रयशक्ति गुमाउँछ र त्यसले उत्पादित मालसामान खपत गर्न सक्दैन । माल नकटेपछि आर्थिक सङ्कट उत्पन्न हुन्छ । उत्पादनमा कटौती गर्नुपर्ने अथवा कारखाना नै बन्द गर्नुपर्ने अवस्था आउँछ । विभिन्न उपायद्वारा आर्थिक सङ्कटबाट मुक्ति पाए पनि सङ्कट पटकपटक दोहोरिइरहन्छ । त्यसकारण धन कमाउन आतुर साम्राज्यवादी देशका पूँजीपतिहरूवित्त पूँजीको उदय भएपछि मालसामान उत्पादन गर्न छाडेर शेयर बजार, सट्टाबाजी आदिमा आकर्षित भएका छन् । पूंजीवादभित्रको गुरुत्वाकर्षण केन्द्र उत्पादनको क्षेत्रबाट वित्तीय क्षेत्रतर्फ सरेको छ (Sweezy, 1994 : 6/7) ।

    औद्योगिक क्षेत्रको उत्पादन पद्धति मुद्रा लगानी गरेर माल तयार गरी त्यसलाई बेचेर मुद्रा आर्जन गर्ने ( मुद्रा-माल-मुद्रा) भएकोमा अब वित्तीय क्षेत्रको उत्पादन पद्धति मुद्रा (पूँजी) लगानी गरेर मुद्रा नै आर्जन गर्ने ( मुद्रा – मुद्रा ) हुन गएको छ । उत्पादनको क्षेत्रबाट पूँजी पलायन हुने कुराले समाजमा मानिसहरूको आवश्यकता पूरा नहुने र कम व्यक्तिले मात्र रोजगारी पाउने समस्या उत्पन्न भएको छ ।

    वित्तीय पूँजीवाद वर्तमान सन्दर्भमा बढी आकर्षक देखिनुमा अर्को कारण छोटो समयमा धेरै नाफा कमाउने प्रवृत्ति हो । उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा एक त वित्तीय क्षेत्रको तुलनामा त्यति धेरै नाफा प्राप्त हुँदैन, दोस्रो नाफा कमाउनका लागि धेरै मेहनत गर्नुपर्छ, निकै झमेला बेहोर्नुपर्छ र लामो समय कुर्नुपर्छ । पूँजीलाई शेयर बजार, मुद्रा बजार, धितोपत्रको खरिद-विक्री, घरजग्गा लेनदेन जस्ता क्षेत्रमा लगाउँदा विभिन्न सम्पत्तिवाल वर्ग (पूँजीपति, मध्यम वर्ग र साना पूँजीपति) को सम्पत्ति हडप्न पाइन्छ र कम समयमा धेरैभन्दा धेरै पूँजी आर्जन गर्न सकिन्छ ।

    के साम्राज्यवादी देशहरूमा वित्त पूँजी उत्पादक क्षेत्रमा कत्ति पनि लगाइँदैन ? कत्ति पनि नलगाइने कुरा होइन । वित्त पूँजी उत्पादन क्षेत्रमा पनि लगाइन्छ, तर त्यो क्षेत्र प्राथमिकताको विषय हुँदैन । उत्पादन क्षेत्रमा कम नाफा प्राप्त हुने भएकाले वित्त पूँजी त्यता आकर्षित हुँदैन । उपभोग्य औद्योगिक सामग्री उत्पादन गर्ने कार्यमा अहिले दोस्रो दर्जाका पूँजीवादी देशहरू लागेका छन् । यही कारणले गर्दा | आजभोलि साम्राज्यवादी जगत्‌मा उत्पादन क्षेत्र ओरालो लाग्न थालेको
    छ।

    वित्त पूँजीले उत्पादक पुजीलाई सहयोग गर्ने र ध्वस्त बनाउने
    दुवै काम गरेको छ । खरिद-विक्री कार्यबाट पनि त्यसले उत्पादकक्षेत्रलाई तहसनहस पारेको छ । जब कुनै उद्योग टाट पल्टंदै । भन्ने कुराको सूचना वित्तीय पूँजीपतिले पाउँछ, उसले अति नै कम मूल्यमा त्यसलाई खरिद गरेर सम्पत्ति हडप्छ । पछि अति नै चर्को मूल्य पाएपछि अर्को पूँजीपतिलाई बेचेर उसबाट पनि सम्पत्ति हडप्छ । बेलायतका वित्त नियन्त्रक लर्ड टर्नरले वित्त उद्योग समाजका लागि अनुपयोगी छ भनेका छन् । अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्राध्यापक साइमन जोनसन भन्दछन्, “वित्त पूँजी प्लाष्टिकमा प्याक गरेको खानेकुराजस्तै हो, जसमा पौष्टिकता नहुनाको साथै स्वास्थ्यका लागि हानिकारक पनि हुन्छ, तर जुन खानका लागि आधुनिक मानिसहरूमा बानी परेको हुन्छ।” (कुमार, २०१५ : १५५) ।

    वर्तमान अवस्थामा वित्तीय सम्राट्हरूले पूँजीलाई शेयर बजार, सट्टा बजार र हेज फण्डजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न थालेका छन् । यहाँ त्यही लगानीबारे संक्षिप्त चर्चा गरिएको छ ।

    शेयर बजार

    शेयर बजार (Stock Market) वित्त पूँजीपतिहरूको खेल मैदान हो । तिनले ठूलो धनराशी यसैमा लगानी गर्दछन् । शेयरको मूल्य बढाउने । र घटाउने कुरा तिनको हातमा हुन्छ । तिनले शेयरको मूल्य बढाएर र घटाएर दुवै तरिकाबाट सम्पत्ति कमाउँछन् । जब शेयरको मूल्य बढ्छ, त्यस कारोबारमा संलग्न मानिसहरू शेयर किनेमा बढी फाइदा हुन्छ भन्ने लोभले किन्न तँछाडमछाड गर्दछन् । तर शेयर बजारका खेलाडी वित्त पूँजीपतिले भने त्यसको माग घट्छ भन्ने चाल पहिले नै • पाउँछन् र आफूले पहिले कब्जा गरेको शेयर धमाधम बेच्न थाल्छन् । शेयर बजारमा संलग्न साधारण व्यक्तिलाई त्यो कुरा थाहा हुँदैन । बरु बजारमा मानिसहरू शेयरको भाउ अरू बढ्छ भन्ने लोभले बढी मात्रामा खरिद गर्न थाल्छन् । त्यही बेला वित्त पूँजीपतिले भरमारसँग शेयर विक्री गरिदिन्छन् र शेयरको मूल्य एकाएक घट्न जान्छ । पूँजीपतिले फेरि शेयरको मूल्य बढ्छ भन्ने भ्रम छरी धेरैलाई शेयर खरिद गर्न उक्साउँछन् । जति मानिसले शेयर खरिछन्, तिनलाई त्यति नै फाइदा हुन्छ।

    वित्त पूँजीको कारोबार प्रचलनमा आएदेखि पूँजीवादी देशमा आजभोलि प्रायजसो मानिसहरूको प्रवृत्ति श्रम गर्न छाडेर शेयर बजारजस्तो अनुत्पादक धन्दामा लाग्ने हुन थालेको छ । शेयर बजारका खेलाडी (Broker) ले त भरमार धनसम्पत्ति कमाउने नै भए, सानातिना शेयरका खरिददारले पनि बजारको अनुभवका कारणले सानोतिनो फाइदा बटुलेकै हुन्छन् । तिनको प्रचारबाट मध्यम र निम्न पूँजीपति वर्गका मानिसहरू शेयर बजारतर्फ आकर्षित हुन्छन् । बजारमा जति धेरै ग्राहक सामेल हुन्छन्, वित्त पूँजीपतिलाई उति नै फाइदा हुन्छ । यता भने धेरैले आफ्नो लगानी गुमाउँछन् । सम्पत्तिहरणको यस प्रक्रियामा साना पूँजीपति, मध्यम वर्ग र कहिलेकाहीँ त श्रमजीवीहरू पनि शोषणको शिकार हुन पुग्छन् । पश्चिमी जगत्‌का समाचारपत्रहरूमा पूँजीबजारमा सम्पत्ति गुमाएका कारण मानिसले आत्महत्या गरेका खबरहरू समयसमयमा प्रकाशित हुने गर्दछन् ।

    मन्दीको बेलामा देशको अर्थतन्त्र चौपट भएको हुन्छ, तर त्यतिखेर पनि वित्त पूँजीपतिले भने फाइदा उठाएका हुन्छन् । बैङ्कहरू मन्दीका बेला जब टाट पल्टन्छन्, सरकारले तिनलाई बचाउनका लागि अति नै सस्तो ब्याजदरमा ऋण प्रदान गर्दछ । सरकारले ऋण बण्ड बेचेर, ट्याक्स बढाएर र घाटाको बजेट पेश गरेर जनताको खल्तीबाट पैसा निकाल्छ र बैङ्कलाई दिन्छ । तर बैङ्कहरूले त्यसरी प्राप्त गरेको पूँजीलाई शेयर बजारमा नै लगानी गरेर नाफा बटुल्छन् ।

    शेयर बजारका खेलाडीहरूले मात्र होइन, कतिपय अवस्थामा स्वयम् शेयर निष्कासन गर्ने कम्पनीहरूले नै आफ्नो शेयरको मूल्य बढाउने र घटाउने गरी छोटो समयमा लाखौँलाख कमाउँछन् । तिनले छिटिछिटो आफ्नो शेयर विक्री गरेर बजारमा त्यसको मूल्य घटाइदिन्छन् । मूल्य घटेपछि फेरि सस्तो मूल्यमा बजारबाट आफैँले कम मूल्यमा खरिद गर्दछन् । कम्पनीले खरिद गरेका कारण शेयरको मूल्य फेरि बढ्न जान्छ । साधारण वा मध्यम वर्गका मानिसहरू मूल्य बढेको देखेपछि उक्त कम्पनी लाभदायक भएको ठान्दछन् र त्यसको शेयर किन्न हारालुछ गर्दछन् । अब कम्पनीका मालिक आफूले सस्तोमा किनेको शेयर बेच्न थाल्छन् र करोडौँ फाइदा कुम्ल्याउँछन् । शेयर बजारमा लाग्ने सामान्य ग्राहकहरू बल्छीमा परेका माछाजस्तै हुन्छन् । बल्छीमा राखेको मासुको टुक्रामा लोभिएर माछाले ज्यान गुमाएझैँ, शेयरको घटबढबाट फाइदा खाने लोभले शेयरका खेलाडीको जालमा परेर तिनले आफूसँग भएको सम्पत्ति गुमाउँन् पुग्छन् ।

    सट्टा बजार

    उन्नाइसौं शताब्दीको आखिरसम्म सट्टाबाजीको अर्थ आफूलाई ज्ञान नभएको क्षेत्रमा गरिने लगानी भन्ने थियो । तर वर्तमान सन्र्दभमा यसको परिभाषा बेग्लै भएको छ । भविष्यमा मूल्य बढ्छ र फाइदा लिन सकिन्छ भनी शेयर, मालसामान, मुद्रा, घरजग्गा आदि खरिद गर्ने कार्यलाई सट्टाबाजी (Speculation) भनिन्छ । यो वर्तमानमा नदेखिने भविष्यको बजारसँग सम्बन्धित कारोबार भएकाले यसको बजारलाई ‘अदृश्य बजार’ (Derivative Market) भनिन्छ । यो हामीले प्रत्यक्ष कारोबार गर्ने दृश्य बजार (Spot Market) भन्दा भिन्न हुन्छ । यो एक किसिमको अनुत्पादक कार्य हो । अनुत्पादक भएकाले यसलाई लगानी भन्न सकिँदैन । जुवातासजस्तै यो जोखिमपूर्ण कारोबार हो । यसमा फाइदाको मात्रा जति हुन्छ, जोखिमको मात्रा उत्तिकै हुन्छ । कुनै पनि कारोबारमा छोटो समयका निम्ति देखिने मूल्यको उतारचढावबाट फाइदा खाने यसको उद्देश्य हुन्छ । सट्टा बजार (Speculative Market) का खेलाडी सट्टेबाजहरूलाई कुनै पनि कारोबारको मूल्यसँग सरोकार हुँदैन, तिनीहरूको दृष्टि केवल फाइदातर्फ सोझिएको हुन्छ । तिनको कार्यलाई घोडादौडमा बाजी थाप्ने जुवाडेहरूको जीतहारसँग तुलना गर्न सकिन्छ जसमा कसले जित्ने हो थाहा हुदैन । घाटामा परेका बखत तिनलाई । ऋण दिने वित्तीय संस्थाहरूसमेत डुब्छन् । यस अर्थमा सट्टा बजारको कारोबारलाई जुवाडेहरूको अर्थव्यवस्था (Casino Economy) भनिन्छ ।

    पूँजी बजारमा सट्टाबाजीको प्रचलन सन् १९९० को दशकबाट देखा। पन्यो र अहिले एक्काइसौं शताब्दीमा यो व्यापक प्रचलनमा छ । मुद्रा बजारमा हुने सट्टाबाजी भनेको के हो ? यदि कुनै व्यक्ति वा संस्थाले मालसामान आयात-निर्यात गर्ने उद्देश्यले नभई भविष्यमा मुद्राको सटही दरमा परिवर्तन आउँछ र नाफा आर्जन गर्न सकिन्छ भन्ने नियत राखी विदेशी मुद्रा खरिद गरी सञ्चित गर्दछन् भने त्यसलाई ‘मुद्रा सट्टेबाजी’ भनिन्छ । यदि बैङ्क स्वयम्ले भविष्यमा मुद्रा सटहीबाट फाइदा लिने उद्देश्यले कोषमा विदेशी मुद्राको ठूलो राशी राख्छ भने त्यसलाई पनि ‘मुद्रा सट्टेबाजी’ भनिन्छ । यदि सटही दर सट्टेबाजहरूले सोचेझैँ अघि बढ्छ भने तिनलाई फाइदा हुन्छ अन्यथा घाटा हुन्छ ।

    मुद्रा सट्टाबाजीले गर्दा कतिपय देशको अर्थतन्त्र डाँवाडोल भएको छ । कुनै पनि देशको मुद्राको मूल्य विश्व बजारमा तलमाथि हुनु स्वाभाविक हो । माग र पूर्ति, कुनै महत्त्वपूर्ण घटना, आयात निर्यातको असन्तुलन आदि विविध कारणले मुद्राको मूल्य तलमाथि हुने गर्दछ भने त्यसलाई स्वाभाविक ठानिन्छ । तर व्यवहारमा के देखिन्छ भने मुद्रा सट्टेबाजहरूले कुनै देशको मुद्राको मूल्य बढेको देखे भने भविष्यमा त्यो अरू बढ्छ भन्ने अनुमान गरी आफ्नो पूँजीलाई उक्त मुद्राको खरिद कार्यमा लगाउँछन् । तिनका कार्यले बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र कृत्रिम रूपमा त्यसको मूल्य बढ्न जान्छ । यसरी मुद्राको मूल्य अथवा सटही दर दुई देशबीचको सवाल नभएर सट्टाबाजीको परिणाम हुन जान्छ । यदि कुनै सट्टेबाजहरूले नेपाली रुपियाँ (नेरु) र भारतीय रुपियाँ (भारु) को भाउ कमजोर बनाउन चाहे भने तिनले आफ्नो मुद्रा कोषबाट नेरु र भारु बजारमा बेचेर यी मुद्राहरूको तरलता बढाइदिन सक्छन् र फेरि ती सस्तो हुँदा पहिलेभन्दा बढी मात्रामा किनेर दाम बढाइदिन सक्छन् ।

    जुन देशको अर्थतन्त्र बलियो छ, त्यस देशको सरकारले आफूसँग भएको मुद्राको सञ्चयलाई बजारमा बेचेर मुद्रालाई यथास्थितिमा सट्टेबाजको प्रयत्नलाई विफल गराइदिन्छ । राख्ने प्रयत्न गर्दछ र उदाहरणका लागि ग्रीसमा सङ्कट आउँदा अथवा अमेरिकाको औद्योगिक सूचकाङ्कमा भारी गिरावट आउँदा युरो तथा डलर दुवै कमजोर हुन्छन र एशियाली मुद्रा बलियो हुन्छ भन्ने सोची मुद्रा सट्टेबाजहरूले त्यतिखेर भारतीय, चिनियाँ र अन्य एशियाली देशका मुद्राहरू ठूलो सङ्ख्यामा खरिद गरेका थिए । तिनको आशा युरो र डलरको भाउ बढ्दा निकै नाफा आर्जन गर्न सकिन्छ भन्ने थियो । तर जब युरोपियन युनियनले १ ट्रिलियन डलरको प्याकेजको घोषणा गर्यो, डलर तथा यूरो मूल्यमा भारी वृद्धि हुन गयो र एशियाली मुद्रा खरिद गर्ने ती सट्टेबाजहरूले नराम्रो घाटा बेहोर्नुपर्यो (कुमार, २०१५ : १५७) । तर कमजोर अर्थतन्त्र भएको देश छ भने त्यसले आफ्नो कोषको मुद्रा प्रयोगमा ल्याई सट्टेबाजले मुद्राको मूल्यमा गराएको वृद्धिलाई रोक्न सक्दैन र त्यस देशको अर्थतन्त्र डाँवाडोल हुन्छ ।

    विश्वस्तरमा हुन गएको यातायातको सुविधा र प्रविधिको विकासका कारण सट्टेबाजहरूलाई विश्वका कुनै भूभागमा आफ्ना गतिविधि सञ्चालन गर्न र एक ठाउँको मुद्रा अर्को ठाउँमा सार्न सजिलो भएको छ । सट्टेबाजहरूले मुद्राको मूल्यमा चलखेल गरी कतिपय देशको अर्थतन्त्रलाई बर्बाद बनाएका कारण आज चारैतिर मुद्रा बजारको सट्टाबाजीमाथि प्रतिबन्ध लगाउने कुरा उठेको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा त्यसविरुद्ध आवाज उठेको पनि छ । सन् २०१० को मार्च महिनाको दोस्रो हप्तामा जेनेभामा भएको तेल उत्पादन गर्ने राष्ट्रहरूको संस्था ‘ओपेक’ को बैठकमा सबै सहभागी राष्ट्रहरूले एउटै आवाजमा सट्टेबाजीमाथि लगाम लगाउन पर्ने माग राखेका थिए (कुमार, २०१५ : १५५) । तर सट्टाबाजीले पूँजीवादी अर्थव्यवस्थामा यति गहिरो गरी जरा गाडेको छ कि त्यसलाई नियन्त्रण गर्ने कुरा त्यति सहज छैन । पूँजीवादी व्यवस्था कृत्रिम खेलमा टिक्ने भएकाले त्यसलाई नियन्त्रण गरेमा पूँजीवाद पूँजीवादका रूपमा नरहन पनि सक्छ ।

    बारबन्देज कोष

    वर्तमान वित्तीय बजारमा कार्यरत एउटा सङ्गठित संस्था बारबन्देज कोष’ (Hedge Fund) पनि हो । त्यो एक प्रकारको साझा लगानी कोष हो । तर त्यसमा लगानी गर्न सबैले पाउँदैनन् । संस्थाले तोकेको मापदण्डभित्रका सीमित अरबपतिहरू मात्र त्यसका सदस्य बनेका हुन्छन् । अरबपति भए पनि कोषमा भने तिनले आफ्नो तर्फबाट धेरै लगानी गर्दैनन् र कारोबार गर्ने रकम व्यक्ति वा संस्थाहरूबाट महंगो ब्याजमा लिएर कारोबार सञ्चालन गर्दछन् । अक्सर बारबन्देज कोष बाहिर प्रचारमा आएको हुन्न । सरकारलाई त्यस्ता कतिपय संस्थाबारे जानकारी पनि हुँदैन । बारबन्देज कोषले अँधेरोमा बसी जाल बुनेर निर्दोष किराहरूलाई जालमा फँसाई जीवन बिताउने माकुराको जस्तो धन्दा भित्री रूपमा सञ्चालन गर्दछ । कुनै व्यक्ति वा संस्थाको कमजोरी पत्ता लगाएर त्यसबाट फाइदा कमाउने बाटो त्यसले हेरिरहेको हुन्छ जसरी स्याल बिरामी जनावरलाई ढुकेर बस्दछ, त्यसै गरी बारबन्देज कोष समस्याग्रस्त व्यक्ति वा संस्थालाई ढुकेर बस्दछ ।

    बारबन्देज कोष पनि बढी फाइदाका लागि भविष्यको अदृश्य बजारमा हाम फाल्छ । तर सट्टाबाजी भन्दा त्यो कुन कुरामा पृथक् छ भने, सट्टेबाजले बढी खतरा मोल्छन् जब कि कोषले आफ्नो लगानी नडुबोस् भनी जोखिममा बारबन्देज लगाउँछ । Hedge शब्दले किसानले आफ्नो बारी र बगैंचाको सुरक्षाको लागि लगाउने स-साना झाडीको बार भन्ने बुझाउछ । तर त्यस्तो बारबन्देज लगाउँदा पनि कहिलेकाहीँ जोखिम मोल्नुपर्ने हुन्छ ।

    बारबन्देज कोष जस्ता संस्थाले कतिपय देशको अर्थतन्त्र डाँवाडोल बनाइदिएका छन् । यही कारणले तिनको चर्को विरोध हुन थालेको छ । उदेकको कुरा के छ भने पूँजीवादी देशका सरकारहरूले त्यस्ता संस्थालाई उल्टो संरक्षण प्रदान गरेका छन् । सन् २०१० को जुलाईमा अमेरिकाका तत्कालीन सिनेटर चेक ब्रेसले जारी गरेको रिपोर्टअनुसार वित्तीय सङ्कटको क्रममा लगानीमा हुनगएको घाटा परिपूर्ति गर्ने नाममा ‘गोल्ड म्यान चेज’ नामक बीमा कम्पनीमार्फत् बैङ्क, बारबन्देज कोष र विभिन्न वित्तीय कम्पनीहरूलाई ४.३ बिलियन डलर वितरण गरिएको थियो (कुमार, २०१५ : १६६) । बारबन्देज कोष जस्ता सट्टाबजारको • कारोबारमा संलग्न संस्थाहरू आजभोलि एशियाली मुलुकमा पनि सक्रिय
    हुन थालेका छन् ।

    वित्तीय पूँजीवाद र औद्योगिक पूँजीवाद

    वित्तीय पूँजीवादले बैङ्क र वित्तीय संस्थाहरूको कारोबारसँग सम्बन्ध राख्छ । त्यसले मालसामानको उत्पादनभन्दा पूँजी लगानी गरेर पूँजी नै आर्जन गर्दछ । यो अर्काको कमाइ चुस्ने एक प्रकारको परजीवी व्यवस्था हो । अर्कोतिर औद्योगिक पूँजीवादले उद्योगधन्दामा लगानी र मालसामानको उत्पादनसँग सम्बन्ध राख्दछ । त्यसको उद्देश्य धेरैभन्दा धेरै नाफा आर्जन गर्ने भए पनि मजदूरहरूलाई रोजगारी उपलब्ध गराउँछ र आवश्यक वस्तु उपलब्ध गराएर उपभोक्ताको चाहना पूरा गरिदिन्छ ।

    औद्योगिक पूँजीवाद उत्पादनमूलक हुन्छ । उद्योगधन्दामा संलग्न पूँजीपतिहरूले लामो प्रक्रियाबाट मेहनतका साथ पूँजी सञ्चय गर्दछन् । तिनीहरूले नाफा लिनका लागि जमीन खरिद गर्दछन्, त्यहाँ कारखाना निर्माण गर्दछन्, विभिन्न ठाउँबाट कच्चा पदार्थ खरिद गरी ल्याउँछन्, मजदूरलाई भर्ती गरी ज्यालामा काम गर्न लगाउँछन् र मालसामान उत्पादन गर्न लगाई बजारमा विक्री-वितरणको व्यवस्था मिलाउँछन् । तर वित्तीय पूँजीवाद अनुत्पादक हुन्छ । त्यस क्षेत्रमा संलग्न पूँजीपतिहरूले रोजगारीको सृजना गर्ने कुरा त परै जाओस्, भएको रोजगारीसमेत खोस्दछन् । तिनले अरूलाई रित्याएर पूँजी सञ्चय गर्दछन् । उदाहरणका लागि वित्तीय पूँजीपतिले जग्गा-जमीन खरिद गरे पनि त्यहाँ मजदूरलाई काममा लगाएर विभिन्न पैदावर उत्पादन गर्दैनन् । तिनले परम्परागत रूपमा खेती गर्दै आएका किसानको जग्गा खरिद गरी तिनलाई भूमिहीन बनाइदिन्छन् र उक्त जग्गा जमीनलाई प्लटिङ गरेर घडेरी बनाई बिक्री गर्ने र घरहरू बनाई भाडामा लगाउने काम गर्दछन् । तिनले कृत्रिम मूल्य सृजना गरी भाउ बढाउने र बढी फाइदा लुट्ने काम मात्र गर्दछन् ।

    उत्पादक पूँजीवाद र वित्तीय पूँजीवादबीच अन्तरसम्बन्ध छ । उत्पादक पूँजीवादको जगमा नै वित्तीय पूँजीवादको जन्म भएको हो । उत्पादक पूँजीपतिहरू एकाधिकारको जन्म भएपछि वित्तीय पूँजीपतिमा रूपान्तरित भएका हुन् । उत्पादक पूँजी र वित्तीय पूँजीवादबीचको २०२ | रामराज रेग्मी वित्तीय पूँजीवाद र औद्योगिक पूँजीवाद

    वित्तीय पूँजीवादले बैङ्क र वित्तीय संस्थाहरूको कारोबारसँग सम्बन्ध राख्छ । त्यसले मालसामानको उत्पादनभन्दा पूँजी लगानी गरेर पूँजी नै आर्जन गर्दछ । यो अर्काको कमाइ चुस्ने एक प्रकारको परजीवी व्यवस्था हो । अर्कोतिर औद्योगिक पूँजीवादले उद्योगधन्दामा लगानी र मालसामानको उत्पादनसँग सम्बन्ध राख्दछ । त्यसको उद्देश्य धेरैभन्दा धेरै नाफा आर्जन गर्ने भए पनि मजदूरहरूलाई रोजगारी उपलब्ध गराउँछ र आवश्यक वस्तु उपलब्ध गराएर उपभोक्ताको चाहना पूरा गरिदिन्छ । औद्योगिक पूँजीवाद उत्पादनमूलक हुन्छ । उद्योगधन्दामा संलग्न पूँजीपतिहरूले लामो प्रक्रियाबाट मेहनतका साथ पूँजी सञ्चय गर्दछन् । तिनीहरूले नाफा लिनका लागि जमीन खरिद गर्दछन्, त्यहाँ कारखाना निर्माण गर्दछन्, विभिन्न ठाउँबाट कच्चा पदार्थ खरिद गरी ल्याउँछन्, मजदूरलाई भर्ती गरी ज्यालामा काम गर्न लगाउँछन् र मालसामान उत्पादन गर्न लगाई बजारमा विक्री-वितरणको व्यवस्था मिलाउँछन् ।

    तर वित्तीय पूँजीवाद अनुत्पादक हुन्छ । त्यस क्षेत्रमा संलग्न पूँजीपतिहरूले रोजगारीको सृजना गर्ने कुरा त परै जाओस्, भएको रोजगारीसमेत खोस्दछन् । तिनले अरूलाई रित्याएर पूँजी सञ्चय गर्दछन् । उदाहरणका लागि वित्तीय पूँजीपतिले जग्गा-जमीन खरिद गरे पनि त्यहाँ मजदूरलाई काममा लगाएर विभिन्न पैदावर उत्पादन गर्दैनन् । तिनले परम्परागत रूपमा खेती गर्दै आएका किसानको जग्गा खरिद गरी तिनलाई भूमिहीन बनाइदिन्छन् र उक्त जग्गा जमीनलाई प्लटिङ गरेर घडेरी बनाई बिक्री गर्ने र घरहरू बनाई भाडामा लगाउने काम गर्दछन् । तिनले कृत्रिम मूल्य सृजना गरी भाउ बढाउने र बढी फाइदा लुट्ने काम मात्र गर्दछन् ।

    उत्पादक पूँजीवाद र वित्तीय पूँजीवादबीच अन्तरसम्बन्ध छ । उत्पादक पूँजीवादको जगमा नै वित्तीय पूँजीवादको जन्म भएको हो । उत्पादक पूँजीपतिहरू एकाधिकारको जन्म भएपछि वित्तीय पूँजीपतिमा रूपान्तरित भएका हुन् । उत्पादक पूँजी र वित्तीय पूँजीवादबीचको भिन्नता के छ भने उत्पादक पूँजीमा सङ्कटको खतरा कम हुन्छ जब कि वित्तीय पूँजी भिन्नता के छ भने उत्पादक पूँजीमा सङ्कटको खतरा कम हुन्छ जब कि वित्तीय पूँजीमा यो खतरा बढी हुन्छ र सङ्कटले विस्तृत क्षेत्रमा प्रभाव पार्दछ । एक प्रकारको जुवा भएकाले वित्तीय सम्राट्हरूलाई अति नै नाफा कमाएर अरबपति हुन र मन्दीको मारमा परेर टाट पल्टन समय लाग्दैन ।

    पूँजीवादी जगत्‌का एक थरी अर्थशास्त्री र ट्रेड युनियनहरूले उत्पादक पूँजीवादको भूमिकालाई प्रगतिशील ठानेका छन् र वित्त पूँजीलाई नकारात्मक दृष्टिले हेरेका छन् । वित्त पूँजीको चरित्र अराजक भएकाले सरकारले त्यसलाई महत्त्व दिनुहुँदैन भन्ने आवाज तिनले उठाएका छन् । सरकारले वित्तीय पूँजीवादलाई भन्दा उत्पादनमूलक औद्योगिक पूँजीवादलाई महत्त्व देओस् भन्ने तिनको माग छ । उत्पादक पूँजी समाज विकासको लागि आवश्यक कुरा हो र त्यसको प्रबर्द्धन गर्नुपर्छ भन्ने अभियान तिनले थालेका छन् । दुई थरी पूँजीवादको बाहिरी आवरण हेर्दा यस्तो अभियान जायजजस्तो देखिन्छ ।

    उत्पादक र अनुत्पादकमध्ये एउटा रोज्नुपरेमा जसले पनि उत्पादकलाई नै रोज्ने गर्दछ । तर मार्क्सवादी विश्लेषणमा दुवै थरी पूँजी जनहितको पक्षमा देखिँदैनन् । एक थरी पूँजीपतिहरूले मजदूरहरूको अतिरिक्त श्रमको मूल्य हडप्छन् भने अर्का थरीले धनवान्‌को सम्पत्ति हडप्छन्, फरक यत्ति हो । धनवान्‌को सम्पत्ति हडपे पनि आखिर त्यो सम्पत्ति मजदूरकै श्रमको उपज हो । वर्गीय समाजमा एकले अर्कालाई लुट्ने सोपानक्रम रहेको हुन्छ । उत्पादक पूँजीपतिले श्रमिकको सम्पत्ति हरण गर्छन्, अनि वित्तीय पूँजीपतिले उत्पादक पूँजीपतिका सम्पत्ति हरण गर्छन् । यो प्रक्रिया बनजङ्गलका जनावरहरूको अन्तर्निर्भरताजस्तो कुरा हो । बाघभालुले घाँस नखाए पनि हरियाली चौर तिनका लागि धेरै उपयोगी हुन्छ । जति हरियाली बढ्छ, उति नै हरिण, मृगजस्ता शाकाहारी जनावरको सङ्ख्यामा वृद्धि हुन्छ । अनि जति शाकाहारी जनावरको वृद्धि हुन्छ उति नै धेरै आहारा मांशाहारीहरूलाई प्राप्त हुन्छ (कुमार, २०१५ : २१६) ।

    उत्पादक पूँजीवाद र वित्तीय पूँजीवादबीच अन्तरसम्बन्ध छ । उत्पादक पूँजीवादको जगमा नै वित्तीय पूँजीवादको जन्म भएको हो । उत्पादक पूँजीपतिहरू एकाधिकारको जन्म भएपछि वित्तीय पूँजीपतिमा रूपान्तरित भएका हुन् । उत्पादक पूँजी र वित्तीय पूँजीवादबीचको भिन्नता के छ भने उत्पादक पूँजीमा सङ्कटको खतरा कम हुन्छ जब कि वित्तीय पूँजी भिन्नता के छ भने उत्पादक पूँजीमा सङ्कटको खतरा कम हुन्छ जब कि वित्तीय पूँजीमा यो खतरा बढी हुन्छ र सङ्कटले विस्तृत क्षेत्रमा प्रभाव पार्दछ । एक प्रकारको जुवा भएकाले वित्तीय सम्राट्हरूलाई अति नै नाफा कमाएर अरबपति हुन र मन्दीको मारमा परेर टाट पल्टन समय लाग्दैन ।

    पूँजीवादी जगत्‌का एक थरी अर्थशास्त्री र ट्रेड युनियनहरूले उत्पादक पूँजीवादको भूमिकालाई प्रगतिशील ठानेका छन् र वित्त पूँजीलाई नकारात्मक दृष्टिले हेरेका छन् । वित्त पूँजीको चरित्र अराजक भएकाले सरकारले त्यसलाई महत्त्व दिनुहुँदैन भन्ने आवाज तिनले उठाएका छन् । सरकारले वित्तीय पूँजीवादलाई भन्दा उत्पादनमूलक औद्योगिक पूँजीवादलाई महत्त्व देओस् भन्ने तिनको माग छ । उत्पादक पूँजी समाज विकासको लागि आवश्यक कुरा हो र त्यसको प्रबर्द्धन गर्नुपर्छ भन्ने अभियान तिनले थालेका छन् । दुई थरी पूँजीवादको बाहिरी आवरण हेर्दा यस्तो अभियान जायजजस्तो देखिन्छ ।

    उत्पादक र अनुत्पादकमध्ये एउटा रोज्नुपरेमा जसले पनि उत्पादकलाई नै रोज्ने गर्दछ । तर मार्क्सवादी विश्लेषणमा दुवै थरी पूँजी जनहितको पक्षमा देखिँदैनन् । एक थरी पूँजीपतिहरूले मजदूरहरूको अतिरिक्त श्रमको मूल्य हडप्छन् भने अर्का थरीले धनवान्‌को सम्पत्ति हडप्छन्, फरक यत्ति हो । धनवान्‌को सम्पत्ति हडपे पनि आखिर त्यो सम्पत्ति मजदूरकै श्रमको उपज हो । वर्गीय समाजमा एकले अर्कालाई लुट्ने सोपानक्रम रहेको हुन्छ । उत्पादक पूँजीपतिले श्रमिकको सम्पत्ति हरण गर्छन्, अनि वित्तीय पूँजीपतिले उत्पादक पूँजीपतिका सम्पत्ति हरण गर्छन् । यो प्रक्रिया बनजङ्गलका जनावरहरूको अन्तर्निर्भरताजस्तो कुरा हो । बाघभालुले घाँस नखाए पनि हरियाली चौर तिनका लागि धेरै उपयोगी हुन्छ । जति हरियाली बढ्छ, उति नै हरिण, मृगजस्ता शाकाहारी जनावरको सङ्ख्यामा वृद्धि हुन्छ । अनि जति शाकाहारी जनावरको वृद्धि हुन्छ उति नै धेरै आहारा मांशाहारीहरूलाई प्राप्त हुन्छ (कुमार, २०१५ : २१६) ।

    वित्तीय पूँजीपति र उत्पादक पूँजीपतिबीच गठबन्धन हुन्छ । विशेष गरी विकासशील देशहरूमा वित्तीय पूँजीपतिहरूले त्यहाँका स्थानीय उत्पादक पूँजीपतिहरूका व्यवसायका शेयर होल्डर बनेर तिनलाई मालसामान उत्पादन गर्न सहयोग गर्दछन् । त्यस कुराले वित्तीय पूँजीपतिमा उत्पादक चरित्र भएजस्तो देखिन्छ । तर उत्पादनको क्षेत्रमा सहयोग गर्नुमा तिनको स्वार्थ लुकेको हुन्छ । तिनीहरू पिछडिएको आर्थिक व्यवस्था भएका देशमा आफू सोझै हामफाल्न सक्दैनन्, किनकि त्यहाँ वित्तीय बजार फस्टाएको हुँदैन । त्यहाँ उत्पादक पूँजीपतिसँग मिलेर तिनको माध्यमबाट तिनले शोषणको जाल फैलाउन सक्छन् । स्थानीय बजारमा उत्पादक पूँजीपतिहरूको पहुँच राम्रै भएकाले तिनका कारखानामा शेयर हाली स्थानीय स्रोतसाधनको दोहन गर्न पाइन्छ, किसानका सम्पत्ति हरण गर्न पाइन्छ र सानासाना पूँजीपतिलाई प्रतिस्पर्धामा पाखा लगाइदिन सकिन्छ ।

    त्यसकारण उत्पादक पूँजीपतिहरू र वित्त पूँजीपतिबीच स्थायी विभाजनको रेखा कोर्न सकिँदैन । के बिर्सनुहुँदैन भने ती दुईबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । अन्तर्विरोधका साथै एकता पनि हुन्छ । उत्पादक पूँजीपतिहरू कुनै पनि बेला वित्तीय क्षेत्रमा हामफाल्न समय लगाउँदैनन् । उत्पादक पूँजीको क्षेत्र भनेको फाइदा लिन लामो समय कुर्नुपर्ने क्षेत्र हो । त्यहाँ लगानी गर्नेबित्तिकै प्रतिफल प्राप्त गर्न सकिन्न । तर वित्तीय पूँजीको क्षेत्र भनेको छोटो समयमा मालामाल बन्न सकिने । क्षेत्र हो । आखिर पूँजीपतिमा पूँजीको भोक हुन्छ नै । त्यसैले उत्पादन क्षेत्रमा लागेका पूँजीपतिहरूले आफ्नो काम छोडी शेयर बजार र सट्टेबाजीतिर लगानी गर्न पुग्दछन् । आज पूँजीवादी जगत्को मूल प्रवृत्ति यही बनेको छ । पूँजीको चरित्र नै आखिर कम नाफा हुने क्षेत्रबाट बढी नाफा हुने क्षेत्रतिर कुद्ने हो (कुमार, २०१५ : २० ९) । छोटो समयमा पूँजीलाई तीन गुणा अथवा चार गुणा बढाएको देख्दा त्यतातिर याल काढ्नु स्वाभाविक हो ।

    हुन त वित्तीय पूँजीको जुवामा भीषण खतरा छ, निमेषभरमा धनी भइने र टाट पल्टने दुवै कुरा हुन सक्छ । जोखिम भएकाले त्यता हामफाल्ने आँट जो कोहीले तत्कालै गर्दैनन् । यद्यपि नाफाका लागि घाटा, बर्बादी, टाट पल्टने र वित्त पूँजीपतिबीच स्थायी विभाजनको रेखा कोर्न सकिँदैन । के बिर्सनुहुँदैन भने ती दुईबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । अन्तर्विरोधका साथै एकता पनि हुन्छ । उत्पादक पूँजीपतिहरू कुनै पनि बेला वित्तीय क्षेत्रमा हामफाल्न समय लगाउँदैनन् । उत्पादक पूँजीको क्षेत्र भनेको फाइदा लिन लामो समय कुर्नुपर्ने क्षेत्र हो । त्यहाँ लगानी गर्नेबित्तिकै प्रतिफल प्राप्त गर्न सकिन्न । तर वित्तीय पूँजीको क्षेत्र भनेको छोटो समयमा मालामाल बन्न सकिने । क्षेत्र हो । आखिर पूँजीपतिमा पूँजीको भोक हुन्छ नै । त्यसैले उत्पादन क्षेत्रमा लागेका पूँजीपतिहरूले आफ्नो काम छोडी शेयर बजार र सट्टेबाजीतिर लगानी गर्न पुग्दछन् । आज पूँजीवादी जगत्को मूल प्रवृत्ति यही बनेको छ । पूँजीको चरित्र नै आखिर कम नाफा हुने क्षेत्रबाट बढी नाफा हुने क्षेत्रतिर कुद्ने हो (कुमार, २०१५ : २० ९) ।

    छोटो समयमा पूँजीलाई तीन गुणा अथवा चार गुणा बढाएको देख्दा त्यतातिर याल काढ्नु स्वाभाविक हो । हुन त वित्तीय पूँजीको जुवामा भीषण खतरा छ, निमेषभरमा धनी भइने र टाट पल्टने दुवै कुरा हुन सक्छ । जोखिम भएकाले त्यता हामफाल्ने आँट जो कोहीले तत्कालै गर्दैनन् । यद्यपि नाफाका लागि घाटा, बर्बादी, टाट पल्टने आदि कुरासँग डराउनुहुँदैन भन्ने कुरा पूँजी बजारको अनिवार्य नियम भएकाले वित्तीय क्षेत्रतर्फ आकर्षित हुनेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । आज सामान्यभन्दा बढी कमाइ गर्ने ‘श्वेत कलरधारी (White coloured) मजदूरहरू, भ्रष्ट नेता, नोकरशाह, घरानियाँ व्यापारीहरू बढी फाइदाको लोभमा शेयर बजारतर्फ आकर्षित भएका छन् । सित्तैको कमाइ डुबे पनि तिनीहरूलाई केही फरक पर्दैन ।

    वर्तमान भूमण्डलीकरणको अवस्थामा धेरै कुराहरू एक आपसमा सम्बन्धित र जेलिएका छन् । उत्पादक पूँजीको क्षेत्रमा कार्यरत पूँजीपतिहरू दुवै थरीको उद्देश्यमा समानता पाइन्छ । दुवैको उद्देश्य साना पूँजीपतिलाई टाट पल्टाउने, सकेसम्म धेरै नाफा कुम्ल्याउने, पूँजीको केन्द्रीकरणलाई प्रश्रय दिने र माग बढाउन भनी जस्तोसुकै कुकृत्य गर्न पनि नहिचकिचाउने हुन्छ । यसबाट के निस्कर्ष निकाल्न सकिन्छ भने उत्पादक पूँजीवादको विकास वित्तीय पूँजीवादी विकृतिको समाधान होइन । समाधान भनेको व्यक्तिगत नाफालाई भन्दा मानवीय आवश्यकतालाई प्राथमिकतामा राखी गरिने उत्पादन प्रणाली हो । विध्वंशक कार्यमा संलग्न बैङ्क र विभिन्न वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गरी तिनलाई श्रमिक वर्गको नियन्त्रणमा ल्याउने र योजनाबद्ध ढङ्गबाट उत्पादन कार्य अघि बढाउने समाजवादी उत्पादन पद्धति नै वर्तमान पूंजीवादी उत्पादन पद्धतिको एक मात्र विकल्प हो ।

    (रामराज रेग्मीको पुस्तक:मार्क्सवादी राजनीतिक अर्थशास्त्रबाट)

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology