पौडी खेल्ने क्रममा डुवेर एकैघरका २ बालकको मृत्यु

  • साझा डबली
  • सोमवार, अशोज १, २०८०
  • नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर एकैघरका २ बालकको मृत्यु भएको छ ।

    गैंडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षका सविन कुमाल र ९ वर्षका संगम कुमालको डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए ।

    उनका अनुसार दुई दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउँसो नदीमा डुबेका थिए । उनीहरुलाई  नदीबाट निकालेर अस्पताल पठाइएकोमा उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको सुनारले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology