कृतिम अभाव सृजना गर्नेलाई कारबाही गर्न माग गर्दै युवा संगठनले गरायो सरकारको ध्यानाकर्षण

  • साझा डबली
  • सोमवार, अशोज १५, २०८०
  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले कृतिम अभाव सृजना गर्नेहरुलाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । युवा संगठन नेपालले देशभरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कृतिम अभाव सृजना गर्नेलाई कारबाहीको माग गरेको हो ।

    चाँडवाडको मुखमा व्यापारीहरुले अस्वभाविक मुल्यबृद्धि गरेको, कृतिम अभाव सृजना गरेको र कालोबजारी फस्टाएको भन्दै युवा संगठनले सरकारको ध्यानाकर्षण गराएको संगठनका अध्यक्ष पाटन सीले बताए । संगठनका अध्यक्ष पाटन सी नेतृत्वको केन्द्रीय टोलीले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ध्यानाकर्षण गराएको छ भने देशभर जिल्लाका संयोजक तथा अध्यक्षहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।

    पछिल्लो समयमा मौलाउदै गएको महंगी, कालोबजारी, अखाद्य बस्तुको बिक्रीवितरण र कृतिम अभावले चरम सिमा नाग्दै गएको भन्दै ध्यानाकर्षण गराएको हो । ‘खाद्यान्न वस्तुहरु लुकाई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा २० प्रतिशत भन्दा कैयौं गुणा मुनाफा लिनु तथा म्याद सकियाका अखाद्य वस्तुहरुको बिक्रीवितरण गर्ने कार्य भैरहेको अवगत गराउँदछौं ।’, काठमाडौंमा बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यो अवधी भनेको चाडपर्वको अवधी भएकोले माथी उल्लेखित ब्यथितिहरु चरमरुपमा बढ्दै छन् । तसर्थ ब्यथिति गर्नेहरुलाई नियन्त्रण र कार्बाही गरि जनतालाई सहज वातावरण सृजना गर्न ध्यानाकर्षण गर्दछौं ।’

    मौजुदा राज्यका नियम कानुनहरुलाई लागू गराउनु, साना ठुला उद्योग कलकारखाना तथा व्यापार व्यवसायीहरुलाई नियमन र नियन्त्रण गर्नु यस कार्यालयको प्रमुख दायित्व भएकोले नियमित रुपमा उक्त कार्य गर्न समेत सचेत गराएको छ । ५ बुँदे ध्यानाकर्षण पत्रमा कृतिम अभाव सृजना गर्नेहरुलाई अध्ययन, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन, चरम रुपमा मौलाउदै गएको महंगी नियन्त्रण गरि कार्बाही गर्न, अखाद्य वस्तु (म्याद सकियका गुणस्तरहिन) हरुको बिक्रीवितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्न, वस्तुको खरिद मुल्यको २० प्रतिशत मुनाफा लिन पाउने राज्यको नियम विपरित सत प्रतिशत वा सो भन्दा बढी मुनाफा लिने कार्य व्यापक रुपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कार्बाही गर्न र यस कार्यालयको अधिकार क्षेत्रभित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पत्तिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्न जोडदार माग गरेको छ ।

    जवाफमा प्रमुख जिल्ला अधिकारी बस्नेतले ध्यानाकर्षणका लागि धन्यवाद व्यक्त गर्दै सहकार्यका लागि प्रस्ताव गरेका छन् । ‘हामीले कालोबजारी, कृतिम अभाव सृजना गर्ने, महङ्गोमा विक्रिवितरण गर्नेलाई कारवाही गरिरहेका छौं ।’, ध्यानकर्षण पत्र बुझ्दै बस्नेतले भने, ‘हामीलाई यस्तो खाले गतिविधि भएको जानकारी पाउनुभयो भने खबर गर्नुहोस् । हामी तुरुन्त कारवाही गछौं ।’

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology