प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

  • साझा डबली
  • शुक्रबार, भदौ २९, २०८०
  • काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो ।

    भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ ।

    चीन भ्रमणका क्रममा पहिलो दिन प्रचण्डले हाङजाओमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट्ने कार्यक्रम रहेको र सोही दिन उनी १९ औं एसियन गेमको उदघाटन समारोहमा पनि सहभागी हुनेछन् । त्यसपछि उनको २५ सेप्टेम्बरमा राजधानी बेइजिङमा समकक्षी लि छ्याङसँग औपचारिक भेटघाट र द्विपक्षी वार्ता गर्ने कार्यतालिका रहेको छ ।

    उक्त भेटघाटपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछीङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिको विकासका क्षेत्रको अवलोक गर्ने कार्यक्रम रहेको छ ।

    छोङछिङको भ्रमण पश्चात नेपालको सीमाना जोडिएको चीनको श्वासासित क्षेत्र तिब्बतको भ्रममा जाने र त्यहाँ उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने नेपाल फर्किने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology