सुवास नेम्वाङको राजकीय सम्मानसहित आज ११ बजे अन्त्येष्टि गरिँदै

  • साझा डबली
  • बिहिबार, भदौ २८, २०८०
  • सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित आज ११ बजे अन्त्येष्टि गरिने भएको छ ।

    नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

    उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

    राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology