अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी दुई हजार भन्दा बढीको मृत्यु

  • साझा डबली
  • आइतवार, भदौ २४, २०८०
  • काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी दुई हजार भन्दा बढीको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् ।

    भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक दिने  घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् ।

    शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    धेरै क्षति पनि पहाडी क्षेत्रका गाउँहरुमा भएको छ । खोज तथा उद्धार कार्य जारी छ । ग्रामीण क्षेत्रबाट एकिन विवरण आउन बाँकी रहेकाले  संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology