दुबै मिर्गौला फेल भएपछि उपचारमा सकस भएको भन्दै मोहराले गरे सहयोगको अपील

  • साझा डबली
  • शनिबार, भदौ २३, २०८०
  • काठमाडौ / मोरङको  मिक्लाजुंग  गाउँपालिका वडा न ८ निवासी  जितेन्द्र मोहराले  उपचारमा आर्थिक सकस भएको भन्दै सहयोगका लागि अपील गरेका छन। बिगत तिन वर्ष देखि दुबै मिर्गौला(Kidney) काम नलाग्ने गरि निष्क्रिय(Failure) भएपछि हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डाैमा उपचार गराउँदै आएका मोहराले आफ्नो पारिवारिक जायजेथा सबै उपचारमा सकिएको भन्दै  सहयोगको अपील गरेका हुन।

    “आफुसङ्ग जे जति थियो, त्यो अब सबै सकियो तर उपचार बाकी नै छ , अब केहि गर्न सक्ने अवस्था छैन” मोहराले भने -”  मिर्गौला प्रत्यारोपणका लागि लाखौं पैसा आवश्यक भएकोले पैसा जुटाउन सकेको छैन, देशबिदेशमा रहेका नेपालीहरुको सानो सहयोगले मैले जीवन पाउने आशा गरेको छु।”
    जनयुद्धकालदेखि जनमुक्ति सेनाको जिम्मेवारी सम्हाल्दै  शान्ति प्रक्रियामा आएपछि  नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला सचिवको जिम्मेवारी निर्वाह गरिसकेका मोहरा हाल श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय उपाध्यक्ष समेत   रहेका छन।

    उपचारको सिलसिलामा काठमाडौमा रहेका उनले आफुलाई उपचार गर्न चाहनेहरुका लागि एन यम बी बैंकमा आफ्नो श्रीमती  साबित्रा पोख्रेलको नाममा रहेको बैंक हिसाब नम्बर 1430210227100018 मा सहयोग रकम जम्मा गर्न सकिने वा  सम्पर्क नम्बर 9844423995/ 9860925338 मा समेत सम्पर्क गर्न सकिने जानकारी दिएका छन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology