अपूर्व क्षितिज सिंहमाथि प्रहरीले साधेको पूर्वाग्रह

  • साझा डबली
  • आइतवार, कार्तिक १३, २०७९
  • अपूर्व क्षितिज सिंहमाथि प्रहरीले साधेको पूर्वाग्रह

    कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पूर्वाग्रह साधेरु फेरि हिरासतमा राखेको छ।

    स्ट्यान्ड(अप कमेडीु गर्दा नेवा समुदायलाई चोट पुर्‍याएको आरोप लागेका उनलाई प्रहरीले यसअघि नै हाजिरी जमानीमा छाडेको थियो। सोमबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने बेला प्रहरीले बोलाएपछि उनी हाजिर भएका थिए।

    प्रहरीले चाहेका बेला उपस्थित हुन आएका अपूर्वलाई फेरि घर जान दिइएन, हिरासतमा पठाइयो। त्यसरी हिरासतमा राख्नुपर्ने कानुनी बाध्यता प्रहरीलाई छैन। उनलाई किन फेरि हिरासतमा राखियो भन्ने उचित कारण पनि प्रहरीले दिएको छैन।

    मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ ले अनुसन्धान क्रममा हिरासतमा राख्न आवश्यक नदेखिए हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था गरेको छ। आफैं उपस्थित हुन आएका व्यक्तिका सवालमा प्रहरीले स्वविवेक प्रयोग गर्न सक्ने महान्यायाधीवक्ता कार्यालयमा कार्यरत एक सहन्यायाधीवक्ताले बताए।

    ुपहिलेजस्तै चाहिएका बेला फेरि उपस्थित गराउने वा हुने भन्ने कागज गराएर प्रहरीले अपूर्वलाई छाड्न सक्थ्यो,ु उनले भने, ुघटना गम्भीर प्रकृतिको छैन। आरोपी पनि भनेका बेला उपस्थित भइरहेको छ र भाग्नरलुक्न सक्ने खतरा छैन भने जमानीमै राखेर अनुसन्धान प्रक्रिया चलाउन सकिन्छ। त्यो छुट कानुनले नै दिएको छ। त्यसैले अपूर्वको घटनामा पक्राउ गरिहाल्नुपर्ने देखिन्न।ु

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोरा भने हाजिर जमानीमा छाडिए पनि उनलाई प्रहरीले फेरि हिरासतमा राख्न सक्ने बताउँछन्।

    किन हिरासतमा राख्नुपर्‍यो भन्ने प्रश्नमा भने प्रहरीले चित्तबुझ्दो जवाफ दिएको छैन।

    ुहामीले पहिला पो बिरामी भएर छाडेको हो। हिजो उहाँलाई प्रतिवेदनसाथ सरकारी वकिलकहाँ बुझाउन बोलाएका थियौं। सरकारी वकिलले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्न भ्याएन। मुद्दा दर्ता नभएपछि हामीले फेरि जमानीमा छाड्न मिल्दैन,ु बोहोराले भने, ुयो पहिलेको पक्राउकै निरन्तरता हो।ु

    कुन कानुनले यसरी छाड्न मिल्दैन भनेको छ भन्ने हाम्रो प्रश्नमा बोहोराले उत्तर दिन सकेनन्।

    आवश्यक परेको भए तपाईंले कागज गराएर छाड्न सक्नुहुन्थ्यो, किन त्यसो गर्नुभएन भन्ने प्रश्नमा उनले भने, ुयसबारे वकिललाई सोध्नू।ु

    हामीले काठमाडौंका प्रमुख सरकारी वकिल अच्युतमणि न्यौपानेलाई पनि ुहाजिर जमानीमा छाडेको आरोपीलाई प्रहरीले फेरि यसरी पक्राउ गर्नैपर्ने कानुनी बाध्यता छ कि छैनु भनेर सोध्यौं।

    उनले यस्तो बेला प्रहरीले हिरासतमा राख्न वा छाड्न पनि सक्ने बताए।

    ुउपस्थित हुन बोलाएपछि आएका बेला आवश्यक देख्यो भने प्रहरीले फेरि पक्राउ गर्न र हिरासतमा राख्न मिल्छ। यस्तो मुद्दामा २५ दिन थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ,ु उनले भने, ुप्रहरीले हिरासतमा राख्नैपर्छ भन्ने पनि छैन। उसले फेरि चाहिएका बखत उपस्थित हुने सर्तमा छाड्न पनि सक्छ।ु

    महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले पनि प्रहरीले जमानीमा छाडिसकेका अपूर्वलाई फेरि हिरासतमा राख्न जरूरी नभएको बताए।

    रेग्मीका अनुसार जिल्ला सरकारी वकिलले पनि अपूर्वलाई फेरि जमानीमा छाडिदिनू भन्ने आदेश गर्न सक्थ्यो।

    ुहाजिर जमानी छाडेको व्यक्ति बोलाएका बेला आउँछ भने हिरासतमै राख्न जरूरी हुँदैन,ु उनले भने, ुकानुनले पनि हाजिर जमानीमा छाड्न सक्ने भनेको छ। अपूर्वलाई भने प्रहरीले एक दिन भए पनि हिरासतमा राख्ने नियत राखेको देखिन्छ।ु

    उनीहरू सबैको कुरा सुन्दा प्रहरीले विशुद्ध पूर्वाग्रह राखेर अपूर्वलाई फेरि हिरासतमा पठाएको देखिन्छ।

    यसअघि अपूर्वले कमेडी गरेकै भरमा थुनेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। पक्राउ परी हिरासतमा रहेका उनलाई ुथुन्न पुगेकोु र ुक्षमा गरेकोु भन्दै जाहेरीकर्ता अभियन्ताहरूले नै परिसर पुगेर छुटाइदिन अनुरोध गरेका थिए।

    प्रहरीले भने उनलाई तै पनि छाडेको थिएन।

    भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको हो।

    उनलाई सरकारी वकिलको सहमतिमै हाजिर जमानीमा छाडिएको थियो। अहिले फेरि पक्राउ गर्न वा छाड्न भने सरकारी वकिलको सहमति नचाहिने सहन्यायाधीवक्ता न्यौपानेले बताए।

    एसएसपी बोहोराका अनुसार त्यति बेला उनलाई मुद्दा चलाउँदा ल्याउँछौं भन्ने कागज गराएर बुवाको जिम्मामा छाडिएको थियो।

    नेवा अभियन्ताहरूले अपूर्वविरूद्ध चारवटा शीर्षकमा जाहेरी दिएका थिए।

    उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद(१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीतिस्थितिमा खलल पार्न नहुने कसुर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।

    यी चार शीर्षकमा परेको जाहेरीमाथि अनुसन्धान गरी सोमबार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो।

    कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड(अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो। ुनेवारको परम्पराु शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।

    त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology