ड्युटीमा खटिएका असईसहित ३ प्रहरीले भोड्का चोरेको भिडियो भाइरल भएपछि निलम्बनमा

  • साझा डबली
  • सोमवार, जेष्ठ १७, २०७८
  • सिरहा, जेठ १७ । रक्सी चोरेको आरोपमा तीन जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो ।

    निलम्बनमा पर्नेमा ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको हो ।

    गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology