पत्रकारिता चेतनाको उच्चतम अंग हो: देवेन्द्रलाल नेपाली

  • साझा डबली
  • सोमवार, मंसिर २५, २०८०
  • वीरगन्ज । नेपाली काङ्ग्रेसका बरिस्ठ नेता एवम् वुद्दिजीवी देवेन्द्रलाल नेपालीले पत्रकारिता मानव चेतनाको उच्चतम अंग भएकोले यसले समाजलाई दिशानिर्देश गर्ने बताएका छन।सोमबार वीरगन्जमा भएको अनरकृया कार्यक्रममा मन्तव्य राक्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन।

    पत्रकारिता समाजका लागि चेतनाको उच्चतम अङ्ग हो, पत्रकारिता समाजवाट स्वातन्त्र र अलग छैन”- उनले भने-” यो मानव अधिकारसङ्ग जोडिएको छ, मानव अधिकार र मानिसको चेतना विज्ञानसङ्ग जोडिएको छ, यसको केन्द्रिय भागमा पत्रकारिता छ”

    मन्तव्यको क्रममा उनले ०७२ सालमा स्थापित गरियको राजनीतिक व्यवस्था मरिसकेको र यसलाई कसैले पनि बचाउन नसक्ने भन्दै यसको सदगद कसरी गर्ने भन्ने बिषय मात्रै बाकी रहेको बाताए।

    त्यस्तै जनपत्रकार संगठन नेपाल मधेस प्रदेशद्वारा आयोजित अन्तरकृयामा संगठनका केन्द्रिय अध्यक्ष शेरबहादुर बिश्वकर्माले कार्यक्रमको औचित्य र उदेश्यबारे मौखिक रुपमा विषयवस्तु प्रस्तुत गरेका थिए।त्यस्तै ,नेपाली काङ्ग्रेसका बरिस्ठ नेता देवेन्द्रलाल नेपाली ,नेकपा केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज विनोद सी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने , महासंघका जिल्ला अध्यक्ष अनुप तिवारी, शैक्षिक वुद्दिजीवी राजेन्द्र सिंहले विषयवस्तुमाथी टिप्पणी गरेका थिए।

    पत्रकार महासंघ पर्साको कार्यालयमा सम्पन्न अन्तर्कृयामा सुदर्शनराज पाण्डेले अध्यक्षता गरेका थिए । कार्यक्रममा जनपत्रकार पर्साका प्रतिनिधि रामजी यादवले मन्तव्यद्वारा स्वागत गरेका थिए भने जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य शोभराज बरालले अन्तर्कृयाको सञ्चालन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology