मुख्यमन्त्री शाहीको पक्षमा कर्णालीका जिल्लाहरुमा प्रदर्शन

  • साझा डबली
  • मङ्लबार, अशोज २७, २०७७
  • सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा कर्णली प्रदेशका जिल्लाहरुमा प्रदर्शनका कार्यक्रम संचालन भएका छन ।

    आइतबार कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै प्रदेसभा १८ जना सदस्यहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सुर्खेत, कालिकोट लगाएतका जिल्लामा युवाहरुले मुख्यमन्त्रीलाई काम गर्न देउ भन्दै शाहीको पक्षमा प्रर्दशन गरेका हुन् ।

    सुर्खेतको विरेन्द्रनगर,कालिकोटको रास्कोट,खाँडाचक्र नगरपालिकामा मुख्यमन्त्रीको समर्थनमा प्रर्दशन गरिएको छ । कर्णाली वासिको चाहाना स्थिर सरकार विकास र सम्वृद्धिको कामना भन्दैे प्रर्दशन गरेका छन् । सहभागिहरुले पार्टी एकता कायम गर, केन्द्रको निर्देशन पालना गर, अविश्वासको प्रस्ताव फिर्तलेउ जस्ता नारा लगाएका थिए ।

    अहिलेको अवस्थामा कुनैपनि तहको सरकार परिवर्तन गर्ने खेलोमा लाग्नु पार्टी र जनहित विपरत कार्य भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताउनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology