कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा जुटेका १० जना सैनिकमा समेत कोरोना संक्रमण

  • साझा डबली
  • बुधबार, साउन १४, २०७७
  • महोत्तरी,साउन १५ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकका १० जना सैनिक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । उनीहरु १० जना नै कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिँदै आएका थिए ।

    संक्रमण पुष्टि भएका १० जनालाई नै उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए।

    महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एकजनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा ती सैनिक कर्मचारीहरु नै खटिएका थिए।

    आइसोलेसन तथा शव व्यवस्थापनमा खटिएका करिब २२ जना सैनिक कर्मचारीको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यद्यप शव व्यवस्थापनमा खटिँदै आएका सैनिक कर्मचारी पहिलेदेखि नै आइसोलेसनमा बस्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology