नेपालमा पहिलो पटक प्रदेशसभाका दुई सांसदलाई `कोरोना (आरडीटी) पोजेटिभ´

  • साझा डबली
  • बिहिबार, जेष्ठ ८, २०७७
  • काठमाडौं, जेठ ८ । नेपालमा पहिलोपटक सांसदमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रदेश नम्बर ५ को प्रदेशसभाका दुई सांसदको आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

    भोलीदेखि सुरु हुने बजेट अघिवेशन अघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको पाजिटिभ रिपोर्ट आएको हो।

    प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्ड रहेका छन्।

    प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको हो। ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीका अनुसार ४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएको छ।

    पोजिटिभ नजिता आएका सांसदलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology