थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

  • साझा डबली
  • शनिबार, जेष्ठ ३, २०७७
  • काठमाण्डौ,जेठ ३ । नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रे र महोत्तरीका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। संक्रमित काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

    योसँगै कोरोनाबाट संक्रमितको संख्या २७८ पुगेको छ। संक्रमितमध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन्। संक्रमितमध्ये ३६ जना भने निको भएर घर फर्किसकेका छन्।

    यसअघि शनिबार बिहान र दिउँसो कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटाका तीन जना, बर्दिया नार्खु– ११ निवासी २८ र २९ वर्षीय पुरुष, सिराह सखुवा– १९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगरा–४ निवासी १८ वर्षीय महिला र चितवन गढौली–१ निवासी २५ वर्षीय महिला गरी ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology