अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रतिवेदन सार्वजनिक

  • साझा डबली
  • सोमवार, कार्तिक २९, २०७८
  • नारायण क्षेत्री
    पोखरा , कात्र्तिक २९ ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेक गण्डकीको आयोजनार्मा महामारी र विपदले नागरिक समाजमा पारेको असर’ सम्बन्धी प्रतिवेदन इन्सेककी केन्द्रीय संयोजक सम्झा श्रेष्ठले एक कार्यक्रमकाबिच सोमबार पोखरामा सार्वजनिक गरेकी हुन् ।

    प्रतिवेदनमा पहिलो चरणको लकडाउनमा नागरिकप्रति सरकार कडा रुपमा प्रस्तुत भएको, अत्यावश्यक औषधिमा कालोबजारी, सरकारले राहत बाँडेपनि पहँुचवालाले मात्र राहत पाएको उल्लेख गरिएको छ ।

    त्यस्तै महामारीका कारण घरेलु हिंसाका घटनामा वृद्धि भएका, राजनीतिक दलहरुले ठुलाठुला भेला गरेपनि नागरिकको हिँडडुल गर्ने अधिकारमाथि बन्देज लगाउनुका साथै नागरिकको अभिव्यक्ति स्वतन्त्रमा बन्देज लगाउने काम गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय संयोजक श्रेष्ठले महामारीले पारेको प्रभाव बारे इन्सेकले ७७ वटै जिल्लामा अनुगमन गर्ने बताइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले सरकारका सकारात्मक कामलाई सहयोग गर्नु र गल्ती तथा कमजोरीमा खवरदारी गर्नु नागरिकको दायित्व भएको बताए ।

    कोभिडले सिकाएका सकारात्मक पक्षलाई प्रतिवेदनमा समेटन उनले आग्रह गरे । कोभिड विश्वका लागि नै नयाँ भएकाले सामान्य र संकटकालीन अवस्थाका बारेमा नागरिक पनि सजग हुनुपर्ने उनले बताए ।
    राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईले महामारी र विपदको समयमा संघ र प्रदेश सरकार भन्दा स्थानीय सरकार बढी सक्रिय हुनुपर्ने बताए ।

    त्यस्तै पोखरा महानगरपालिकी बरिष्ठ शाखा अधिकृत बिष्णुमाया पौडेलले नागरिकको समस्या समाधानका लागि तीन तहको सरकार स्थापना भएको तर अझैपनि नागरिकले गाउँगाउँमा सिंहदरबारको अनुभुत गर्न नपाएको बताइन् । अधिवक्ता गिरिधारी सुवेदीले स्थानीय, प्रदेश र संघमा भ्रष्टाचारले प्रशय पाएको, महंगी र कालोबजारीमा वृद्धि भएको बताउदै भविष्यमा हुन सक्ने यस्ता कुराहरुलाई राज्यले रोक्नुपर्ने बताए । अपांगता स्वाबलम्बन विकाश संघ कास्कीका अध्यक्ष गिरिधारी सुवेदीले पोखरामा अपांगमैत्री सडक नहुँदा अपांगता भएका व्यक्तिले हिँडडुलमा कठिनाइ भोग्नुपरेको गुनासो गरे । क बर्गको अपांगता भएका व्यक्ति खोपबाट समेत वञ्चित हुनुपरेको उनले बताए ।

    त्यस्तै नेपाल टे«ड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र खत्रीले अधिकांश मजदुरले न्युनतम पारिश्रमिक समेत पाउन नसकेको भन्दै कार्यान्वयन हुनुपर्नेमा जोडदिए । अधिकारकर्मी खगराज आचार्यले स्वास्थ्य सामग्रीमा व्यापक भ्रष्टाचार भएको, राहत वितरण प्रभावकारी हुन नसकेको बताए । एसियन फोरम कास्कीका अध्यक्ष तिलक थापाले कोरोनाबाट संक्रमित व्यक्तिहरु समाजबाट अपहेलिन हुनपरेको उल्लेख गरे । उनले महामरीलाई राजनीतिकरण गर्न खोजिएको आरोप समेत लगाए ।

    गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले राज्यसंग हातेमालो गर्न तयार रहेको उल्लेख गर्दै नागरिकका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले कोभिड मात्र नभइ हरेक महामारीका समयमा इन्सेकले सहजीकरण गर्दै आएको उल्लेख गरे । कोरोना महामारीका कारण आफूहरुले मानसिक तनाव समेत झेल्नुपरेको उनको भनाई थियो । इन्सेकले ७ वटै प्रदेशमा छलफल गर्ने संयोजक खकुरेलले बताए । कार्यक्रममा सिविन नेपालका शंकर नेपाली, नौलो विहानीका सुवास सापकोटा, गोरेटो नेपालकी बिमला गुरुङ र नगर बालमञ्च कास्कीकी सविना रानाभाट लगायतले बोलेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology