नेपाल फर्कन चाहने नागरिकलाई स्वदेश फर्काउन सरकारका नाममा सर्वोच्चको आदेश

  • साझा डबली
  • मङ्लबार, चैत्र २५, २०७६
  • काठमाडाैं, चैत्र २५। सर्वोच्च अदालतले नेपाल–भारत सीमामा अलपत्र रहेका नागरिकलाई नेपाल ल्याउन आदेश दिएको छ ।

    सीमामा रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले सरकारका नाममा आदेश दिएको हो।

    न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

    तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्थाका लागि पनि सर्वोच्चले आदेश गरेको छ ।

    अन्य देशमा रहेका नागरिक समेत नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था गर्न पनि अदालतले आदेश गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology