भर्खरै आकाशमा देखिएको चम्किलो ज्वाला के हो त ?

  • साझा डबली
  • बिहिबार, चैत्र १३, २०७६
  • काठमाडौं, चैत्र १३। बिहिबार राती आकाशमा धूवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ । अन्दाजी राती ८ बजेर ९ मिनेट जाँदा म्याग्दीको सदरमुका बेनी तथा छिमेकी जलजला गाउँपालिका क्षेत्रमा करिव २ सेकेन्ड जती निलो आकारको धूँवा देखिएको साढे १ मिनेटपछि चर्को आवाज आएको जलजला गाउँपालिका–८ नांगीबाङका यूवा रमेश रेग्मी क्षेत्रीले बताए ।

    ‘अनौठो धुँवा देखियो,‘केही समय लगत्तै चर्को आवाज आयो’ रेग्मीले भने । उनले आकाशमा देखिएको धुँवा र आवाज पोखरामा समेत देखिएको जानकारी पाएको बताए। त्यस्तै जलजला गाउँपालिका धाईरिङकै राजु आचार्यले समेत धुँवा र आवाज सुनिएको बताए ।

    सामाजिक सञ्जालमा आकाशमा उज्यालो हुने गरी देखिएको धुुँवा र आवाजका बारेमा धेरैले लेखेका छन् । पूर्वबाट उत्तरतर्फ गइरहेको थियो । अनौठो बस्तुका बारेमा आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन् ।

    चम्किलो बस्तु के हो ?

    नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले आज बिशेषगरि गण्डकी प्रदेश क्षेत्रमा देखिएको चम्किलो बस्तु यहि हो भन्न नसकिने बताएका छन्। प्राप्त जानकारी तथा केहि प्रत्यक्षदर्शीसँगबाट प्राप्त जानकारीअनुसार उक्त बस्तु उल्कापिण्ड हुन् सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए।

    ‘पाल्पाका मान्छेले उज्यालो चम्किलो बस्तु देखेको भन्नु र बाग्लुङका मान्छेले आवाज सहित चम्किलो बस्तु देखेको बताएका छन, यसलाई आधार मान्दा अहिलेसम्मलाई यो उल्का पिण्ड भएको र यो गण्डक प्रदेश क्षेत्र वा त्यस आसपासमा खसेको अनुमान गर्न सकिन्छ तर यहि नै हो भन्ने ठोकुवा गर्न अहिलेनै मिल्दैन’ उनले भने ।

    उल्कापिण्डले के हानि गर्छ ?

    यदि यो उल्कापिण्ड भएमा यसले खसेको ठाउँमा केहि न केहि क्षति गर्ने अध्यक्ष भट्टराइको भनाई छ। आकाशबाट ७० किलोमिटर प्रति सेकेन्डमा जमिनमा खस्ने उल्कापिण्डले क्षति पुर्याउनु स्वाभाविक भएको उनको भनाई छ।

    उल्कापिण्ड घरमा खसेमा त्यसले धनजनको क्षति हुन सक्ने, जमिनमा खसे खाल्डो पार्न सक्ने र पानि पोखरीमा खसे सुकाईदिन सक्ने भट्टराईले बताए। आज गण्डकी प्रदेशमा देखिएको चम्किलो बस्तुपनि उल्कापिण्ड नै हुन सक्ने उनको भनाई छ। तर यो क्षुद्र ग्रह नभएको उनको दाबि छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology