सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार : ११ जनाको मृत्यु

  • साझा डबली
  • एजेन्सी ।  अमेरिकाको भर्जिनिया स्थित एक सरकारी भवनमा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदो ११ जनाको ज्यान गएको छ । घटनामा अरु ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दैै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

    भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा गोलीकाण्ड भएको हो । आरोपित आक्रमणकारी सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी रहेको प्रहरीको भनाई छ ।

    आक्रमणकारीको परिचय खुलाइएको छैन, तर जवाफी कारवाहीको क्रममा उनको ज्यान गएको प्रहरीले उल्लेख गरेको छ । घटना नेपाली समय अनुसार शनिबार बिहान पौने दुई बजे भएको हो ।

    घाइते ६ जनामा प्रहरी अधिकारी पनि सामेल छन् । अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले बताएका छन् ।

    प्रहरीका अनुसार घटनामा एकजनाको मात्रै संलग्नता थियो र यसको उद्देश्य भने थाहा भएको छैन । अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology