ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

  • साझा डबली
  • काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् ।

    विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन् ।

    दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । उनी मंगलबार ओमान फर्किनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology