काठमाडौं, साउन ५। पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुभाङका दुई युवा तमोर नदीले बगाएर बेपत्ता भएका छन् । सुभाङबाट तेह्रथुमको आठराई गाउँपालिकाकाे सिमखर्कमा पाहुना गएका अन्दाजी १७/१८ वर्षका जीवन सुहाङ र सन्दिप सेंवा शुक्रबार तमोर नदीमा बगेर बेपत्ता भएका हुन् ।
पाहुना गएका दुवै युवा शुक्रबार दिउँसो स्थानीय सँग मिलेर तमोर नदीमा माछा मार्न गएका बेला तमोर नदीले बगाएर बेपत्ता भएका हिलिहाङ गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मीप्रसाद सुहाङले बताए ।
स्थानीयसँग नदीमा माछा मार्न गएका बेला सुहाङ र सेंवा नदीले बगाएको र घटनाको बारेमा सँगै गएका साथीहरुले शनिबार बिहान मात्र अरुलाई जानकारी गराएका थिए । बेपत्ता दुवै जनाको शनिबार दिनभर नदी किनार आसपास खोजतलास गरिए पनि भेट्न नसकिएकाे वडाध्यक्ष सुहाङले बताए ।
फिदिमटुडे