काठमाडौं, कार्तिक ३ । इपिएस अन्तर्गत दक्षिण कोरिया जानेले पाँच हजार अमेरिकन डलर बराबर बीमा अनिवार्य रुपमा गराउनुपर्ने भएको छ ।
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरिया जानेले पाँच हजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने इपिएस शाखाले जानकारी दिएको छ ।
प्रतिवद्ध कामदार लैजाने प्रकृया अगाडि बढेकाले कोभिड जोखिम बीमा अनिवार्य गराउनुपर्ने शाखाले बताएको छ। कोभिड–१९ महामारीका कारण लामो समयदेखि नेपाली श्रमिकहरु कोरिया जान पाएका छैनन ।