नेकपा मधेस प्रदेश स्तरिय प्रशिक्षण सुरू

  • साझा डबली
  • मङ्लबार, बैशाख २५, २०८१
  •  

    बर्दिवास – नेकपा कम्युनिस्ट पार्टी मद्येस प्रदेशमा राजनीति-वैचारिक प्रशिक्षण कार्यक्रम सुरू भएकाे छ । पार्टी सुद्दिकरण तथा जनसम्बन्ध विस्तार अभियानकाे उद्घाटन गर्दै प्रशिक्षण कार्यक्रम सुरू भएकाे हाे ।

    महोत्तरीको बर्दिबासस्थिति दिपक पार्टी प्यालेजमा आन्तरिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यता रहेको छ भने प्रशिक्षण कार्यक्रमको अध्यक्षता प्रदेश इन्चार्ज अनिल सीले गरेका छन् ।

    पार्टीको पाँचौं पूर्ण बैठकले प्रदेश संरचना बनाएपछि देशभर प्रदेश स्तरिय प्रशिक्षण चलिरहेका छन् । प्रशिक्षण कार्यक्रममा महासचिव विप्लव, स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीले प्रशिक्षण दिने बताइएको छ ।

    प्रशिक्षणमा प्रदेशभरका जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेकाे नेकपा पर्सा जिल्ला सेक्रेटरी फिरोज सीले बताए । कार्यक्रममा उपस्थित सबैलाई नेकपा केन्द्रीय सदस्य रामकुमार सीले स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology