नेपाल पत्रकार महासङ्घको निर्वाचन जेठ २६ गते हुने

  • साझा डबली
  • शनिबार, बैशाख २२, २०८१
  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौँमा सम्पन्न महासङ्घको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासङ्घको निर्वाचन गर्ने मिति तोकेको हो ।

    बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासङ्घले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरूको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको हो ।

    नेपाली पत्रकारहरूको छाता संस्था महासङ्घमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासङ्घको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् । निर्वाचनको मिति तोके पनि महासङ्घले साधारण सदस्यको टुङ्गो भने लगाइसकेको छैन ।

    महासचिव रोशन पुरीले एक साताभित्र साधारण सदस्यको टुङ्गो लगाइसक्ने भन्दै मिति प्रस्ताव गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology