प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबिच भेटवार्ता

  • साझा डबली
  • बिहिबार, बैशाख २०, २०८१
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड` र नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो ।

    उनीहरुबिच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत वैशाख १५ मा सम्पन्न इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ ।

    इलाम–२ मा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल भएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology