धनगढीमा पाँच तले घरबाट हाम फालेका व्यवसायीको निधन 

  • साझा डबली
  • बुधबार, माघ १०, २०८०
  • धनगढी । धनगढीमा पाँच तले घरकाे छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ ।

    छतबाट हाम फालेका धनगढी उप-महानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार छतबाट हाम फालेका अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology