जनपत्रकार संगठन नेपाल,नारायणी व्युरोद्वारा आधारभुत पत्रकारीता तालिम सञ्चालन

  • साझा डबली
  • बुधबार, मंसिर २०, २०८०
  • हेटौंडा। जनपत्रकार संगठन नेपाल नारायणी ब्युरोले आधारभूत पत्रकारीता तालिम सञ्चालन गरेको छ। ब्युरो अन्तर्गत रहेका जनपक्षीय पत्रकारहरुलाई आधारभूत शिप विकासका लागि तालिमको सञ्चालन गरिएको हो। नेपाल कम्युनिष्ट पार्टीका पोलीट ब्युरो सदस्य तथा नारायणी ब्युरो इन्चार्ज एटम सीले मैनबत्ति बालेर तालिमको उद्घाटन गरेका थिए।

    तालिममा पश्चिम नारायणी ब्युरो अन्तर्गत मकवानपुर,चितवन र धादिङ जिल्लाका पत्रकार हरुको सहभागि भएका छन्। तालिम मकवानपुरको हेटौंडा आगामी २४ गते सम्म चल्ने आयोजकले जनाएको छ।

    तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा नारायणी ब्युरो इन्चार्ज एटम सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर विश्वकर्मा,नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सी, मकवानपुर डि १ जिल्ला सचिव सितल सी,दक्षिण पूर्वी जिल्ला सचिव विवेक सी,जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य शोभराज बराल, संगठनका केन्द्रीय सदस्य विनीत कुमार तिरुवा,सूर्य बराल अतिथि रहेका थिए भने संगठनका सचिवालय सदस्य सुदर्शन सी ले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन कमल विक ले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology