भूकम्प प्रभावित क्षेत्रका लागि नेकपा उपत्यका ब्युरोले राहत संकलन गर्ने

  • साझा डबली
  • शनिबार, कार्तिक १८, २०८०
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी काठमाडौं उपत्यका ब्युरोले भूकम्प प्रभावित क्षेत्रमा राहत बितरणका लागि सहयोग सङ्कलन गर्ने भएको छ। शनिबार ब्युरोको वसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रका लागी मानवीय सहायता सामग्री संकलन गर्ने निणर्य गरेको हो।

    शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले १५७ जनाको मृत्यु भइसकेको छ भने १६६ जना घाइते भएका छन्। प्राकृतिक विपत्तिले ल्याएको मानविय संकटमा राहत दिन उपत्याका ब्युरोले पनि सहयोग गर्ने निणर्य गरेको हो।

    केन्द्रको निर्देशन अनुसार खाद्यान्न, लत्ता कपडा, त्रिपाल लगायतका सामाग्रीहरु सङ्कलन गरी पठाइने नेकपा उपत्यका ब्युरोले जनाएको छ।

    आजा नै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबै पार्टी कमिटि र जनवर्गीय संगठन, चिकित्सक राहत सामग्री सहित परिचालन गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology