सुर्खेतमा ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन

  • साझा डबली
  • सोमवार, कार्तिक १३, २०८०
  • सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ५ दिने आधारभूत पत्रकारिता तालिमको आज उद्घाटन भएको छ । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिको आयोजनामा ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन भएको हो ।

    ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता,मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादको लागि जनपत्रकारिता’ भन्ने नारा सहित तालिमको उद्घाटन भएको छ ।

    नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सीले आधारभूत पत्रकारिता तालिमको मैनबत्ति बालेर उद्घाटन गर्दै तालिमले पूँजीवादको शोषणका विरुद्ध अग्रभागमा रहेर लड्ने कलमको सेना उत्पादन गर्ने बताए ।

    उद्घाटन सत्रमा नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज ध्रुव सी,जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा,सचिव बसन्त विक,सहिद परिवार समाजका केन्द्रीय कोषाध्यक्ष योजना सी,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य शोभराज बराल र नेकपा वीरेन्द्रनगर नगरसचिब श्याम सी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

    तालिमका मध्यकर्णाली तथा दक्षिण कर्णाली व्यूरोका जिल्लाहरुबाट आएका करिव डेढ दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

    तालिममा प्रशिक्षकहरुबाट समाचार के हो ? पत्रकारिता के हो ? र समाज परिवर्तनका लागि कस्तो पत्रकारिता गर्नु पर्छ ? भन्ने आदि विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सिकाई गरिनेछ ।

    जनपत्रकार संगठन नेपालका कर्णाली प्रदेश संयोजक जनदिशनाथ योगीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत मन्तव्य रण बहादुर विष्टले दिएका थिए भने संचालन जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य खिम डिसीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology