उपमेयरले दादागिरी शैलीमा ताला तोडिन

  • साझा डबली
  • मङ्लबार, अशोज ३०, २०८०
  • अछाम / जिल्लाको कमबजार नगरपालिकामा विभिन्न माग राखी लगाएको तालाबन्दी उपमेयर शारदा बिष्टले दादागिरी शैलीमा तोडफोड गरेको भन्दै पुन तालाबन्दी गरिएको छ।नेपाल कम्युनिस्ट पार्टी , एकीकृत समाजवादी, मजदुर किसान पार्टी र नेकपा माले सम्मीलित चार दलहरूले मङ्गलबार एक प्रेस बिज्ञपति जारी गर्दै उममयर बिष्टको दादागिरी शैलीप्रती भ्रत्सना गर्दै बिरोध जनाएका छन।

    नेपाली काङ्ग्रेसका तर्फबाट मेयर भएका यज्ञ प्रसाद ढकाल, एमालेबाट निर्वाचित उपमेयर शारदा बिष्ट र उनिसम्बद्द वडा अध्यक्षहरुले आ-आफ्ना पक्षका कर्मचारी भर्ना गर्न खोज्दा दुई पक्षबिच भएको असमजदारी र बाडफाडका बिषयमा कुरा नमिलेपछि नगरपरिषद समेत सम्पन्न हुन सकेको छैन।असारमै सम्पन्न भैसक्नु पर्ने नगरसभा हुन नसक्दा स्थानीय बिकासनिर्माण देखि कर्मचारीको तलबभत्ता र सामाजिक सुरक्षा भत्ता समेत निकासा हुन सकेको छैन।

    “नगरपालिकामा मेयर ढकाल अल्पमतमा भएकोले आफ्नो नीति तथा कार्यक्रम पास गरेर जान सक्ने उनको अवस्था छैन भने  कार्यपालिकामा बहुमत भएकोले एमाले वडा अध्यक्षहरु सकिन्छ नगरपालिकालाई आफू अनुकुल चलाउने नभए मेयरलाई असफल पारेर अर्को चुनावमा आफ्नो पक्षमा माहुल बनाउने रणनीतिमा भएकोले यस्तो समस्या आएको हो” एक स्थानीयले भने।

    मेयर र उपमेयरको  बाडफाडको लडाइका कारण नगरपालिकाका कामहरू बन्धक भएको, कर्मचारीहरुको नियुक्त्ति पार्टी र जनप्रतिनिधिका पक्षधरहरुलाई भर्ना गर्ने होइन कि आवश्यकता र कानुन, नियमअनुसार  पारदर्शीक रूपमा हुनुपर्ने लगाएतका माग राख्दै आन्दोलन गरिरहेका चार दलहरूले लगाएको तालाबन्दीको उचित सुनुवाइ गरेर समस्या समाधान गर्नुको सट्टा जबर्जस्ति ताला तोड्नु उममेयरको दादागिरी , अलोकतान्त्रिक र अराजक शैली भएको भन्दै बिरोध भएको छ भने वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा ताला तोड्नु गलत भएको  मेयर ढकालले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology