अछामको धमालीमा वृक्षारोपण गरेर मनाइयो `सी स्मृति दिवस´

  • साझा डबली
  • बिहिबार, अशोज २५, २०८०
  • अछाम । जिल्लाको तुर्माखाद गाउँपालिका अन्तर्गत धमालीमा १सय ५० ओटा विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गर्दै सी स्मृति दिवस मनाइएको छ।श्री सिद्देश्वरी माध्यामिक बिधालयको हाताभित्र रहेको जमिनमा रिठा, अमला , तेजपत्ता र चिउराको वृक्षारोपण गरिएको हो।

    नेपाल कम्युनिस्ट पार्टीले नेपाली समजमा रहेको जात व्यवस्थामा आधारित संरचनाले मान्छे -मान्छे बिचको विभेद सिर्जना गरेको र यसलाई निकास दिन नयाँ सभ्यता र विकल्पको रूपमा नयाँ जातिको निर्माण गर्ने उदेश्य सहित `सी जाति ´बनाउने निर्णय गरे अनुसार असोज २५ गते स्मृति दिवस मनाउने व्यवस्था गरिएको छ।

    धमालीमा बिहिवार भएको वृक्षारोपण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मिना सी सरिता , सेक्रेटरी चट्टान सी, कमान्ड इन्चार्ज बिकास सी, कमलबजार नगर इन्चार्ज निर्मल सी, तुर्माखाद गाउँ सेक्रेटरी नमराज सी , युवा संगठन नेपालका जिल्ला संयोजक गोकुल सी र सिद्देश्वरी माविका प्रधानाध्यापक बिष्णु भण्डारी लगाएत शिक्षक र बिद्यार्थीहरुले श्रममा भाग लिएका थिए।

    वृक्षारोपण पछी आयोजित कार्यक्रममा केन्द्रिय सदस्य मिनाले  अहिले देशमा रहेको शिक्षा, स्वास्थ्य, बेरोजगारी र सामाजिक- आर्थिक उत्पीडको मुख्य कारण दलाल पुँजीवादी राज्य संरचना भएको र यसलाई बदलेर समाजवादी व्यवस्था स्थापना गर्नु देशको साझा मुद्दा भएको बताइन।

    त्यस्तै, कार्यक्रममा मन्तव्य राख्ने क्रममा सेक्रेटरी चट्टानले आफुहरुले पार्टीको नवौं महाधिवेशनबाट नयाँ समाज निर्माणका लागि सी जातीको जन्म , मृत्यु र बिबाह संस्कृती समेत नयाँ बनाउने निर्णय गरेको र त्यसको कार्यान्वयन गर्न आज देशव्यापी `सी स्मृति दिवस´ मनाउन लागेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology