खेलकुद जीवन, समाज र देशलाई एकताबद्ध बनाइराख्ने महत्वपूर्ण कसी हो : विप्लव

  • साझा डबली
  • सोमवार, अशोज २२, २०८०
  • काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले खेलकुद जीवन, समाज र देशलाई एकताबद्ध बनाईराख्ने महत्वपूर्ण कसी भएको बताएका छन् ।

    सोमबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ सेन्टरमा नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा आयोजित वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो उनले बताएका हुन् ।

    वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिको समापन कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्न नयाँ बसपार्क पुगेका नेकपाका महासचिव विप्लव सीले खेलकुद जीवन, समाज देशलाई जोड्ने महत्वपूर्ण कसी भएकोले यसलाई निरन्तरता दिदै देश, समाज र राष्ट्रको एकताको कसिलाई टुट्न नदिन यस्तो आयोजनाहरुलाई निरन्तरता दिइराख्नुपर्ने बताए।

    सम्बोधनको सुरुवातमा पार्टीका पोलिट ब्युरो सदस्य विरजङ्ग सीको स्मरण गर्दै उनले भने, ‘उहाको खेलकुद लगायत विभिन्न क्षेत्रको अनुभव भएपनि कतैपनि क्षेत्रमा नलागि देश, जनता र राष्ट्रको हितमा काम गर्न निस्वार्थ रुपमा निरन्तर राजनीतिमै रहेर योगदान गर्दागर्दै हामीबाट बिदा हुनुभयो, उहाँ लगायत सम्पूर्ण विशिष्ट व्यक्तिव र सहिदहरुको स्मृतिमा यस्ता विभिन्न खेलकुदहरुको आयोजना गर्दै आएका छौँ ।’

    इजरायलको पछिल्लो घटनालाई लक्षित गर्दै उनले ‘नेपालको राजनीतिक प्रणालीमा अस्थिरता, अनिश्चयता बढिरहेकाले नेपालका युवा नौजवानाहरु विदेशीको भट्टीमा गुलाम हुन जानुपर्ने बाध्यता सिर्जना भएको छ त्यसैको फलस्वरुप विदेशी भूमिमा दिनानुदिन नेपालीहरुले अकाल मृत्युवरण गरिराख्नु परिरहेको छ । त्यसैको ज्वलन्त उदाहरण हो इजरायल घटना । नेपालको राज्यसत्ताले युवाहरुलाई स्वदेशमा अवसर र रोजगारीको वातावरण सिर्जना नगरिदिएको कारण अवसरको खोजीमा त्यहाँ पुगेका नेपालीहरुको चित्कार सरकारको नेतृत्वकर्ताले सुन्नुपर्ने र घाइते तथा प्यालेस्टाइनको आक्रमणका कारण बन्दक तथा ज्यान गुमाएकाहरुको उद्दारका लागी छिटोभन्दा छिटो पहलकदमी लिएर पिडित नेपालीहरुलाई स्वदेश फिर्ता गर्नुपर्ने माग समेत गरे ।’

    उनले थपे, ‘हामीले उद्धारका लागी प्रचण्ड नेतृत्वको सरकारलाई उद्धारका लागी दबाब दिन विभिन्न दबाबमूलक प्रदर्शन पनि गरिरहेका छौँ ।’

    नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ सेन्टरमा चलिरहेको फाइनल खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच भईरहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु. ५ लाख रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology