वीरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता सेमिफाईनलमा

  • साझा डबली
  • काठमाडौ। नेपाल गणतान्त्रिक खेलकुद महासंघ र लालिगुरास युवा क्लव रोल्पाद्वारा आयोेजनामा गरेको वीरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता आज सेमि फाईनलमा पुगेको छ ।
    काठमाडौँ नयाँ वसपार्क स्थित ढोरपाटन स्पोर्ट ट्रेनिङ सेन्टरमा असोज १८ गते देखि २२ गते सम्म सञ्चालन भइरहेको  भलिबल प्रतियोगितामा प्रतिस्पर्धी  ९ टिम मध्ये ४ टिम सेमि फाईनलमा पुगेको आयोजकले जनाएको छ ।भलिबल प्रतियोगिता सुचना तथा संचार प्रविधि मन्त्रि रेखा शर्माको उपस्थितिमा १८ गते उद्याटन भई नेकपाका महासचिव विप्लव सी द्धारा २२ गते समापन गरिने भएको छ ।
    प्रतियोगी जम्मा ९टिम रहेको र नियम लिकम नकआउट, गेम वेस्ट अफ फाइभ भएकोबारे जानकारी दिदै नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्दले भने-” पाचँ टिम नकआउट भएको छ, चार टिम सेमि फाईनलमा पुगेको छ । नकआउट तर्फ. १.आयोजक २.न्युटन ऐकेडेमि स्कुल, ३.गल्कोट बाग्लुङ, ४.त्रि.वि. आर आर क्याम्पस, ५.कीङस क्लव, सेमि फाईनल तर्फ. .एपिएफ क्लव, २.नेपाल पुलिस, ३.गण्डकी प्रदेश, ४.धौलागिरी रेस्टुरेन्ट एण्ड ओसाका जापान क्लव रहेका छन।खेलमा सहभागीहरुलाई प्रथम पुरस्कार  रु ५ लाख,  द्वितीय पुरस्कार  रु २ लाख पचास हजार, तृतिय पुरस्कार  रु १ लाख र सान्त्वना रु ५० हजार रहेको बुझिएको छ।

    खेलकुदका माध्यमद्वारा नयाँ खेलाडीहरु उत्पादन गर्ने र खेलाडीहरुलाई प्रोत्साहन गर्न आयोजक र खेलाडी बिचको अन्तर सम्बन्ध कायम गर्न प्रतियोगिता गरेकोे गणतान्त्रिक खेलकुद महासंघका  महासचिव विनोद चन्दले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology