नेकपाका प्रवक्ता प्रकाण्ड सी बिरुद्ध पक्राउ पुर्जी

  • साझा डबली
  • शनिबार, अशोज २०, २०८०
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी को नाममा पक्राउ पूर्जी जारी गरिएको छ । प्रवक्ता प्रकाण्ड सी लाई कैलाली लगायतका घटनमा जोडेर जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो ।

    प्रहरी पक्राउ पुर्जी लिएर बिहीबार नेकपाका प्रवक्ता प्रकाण्ड सीको कालिकोटको माल्कोटस्थित घरमा पुगेको तर स्थायनिले उनको घरमा पुर्जी टास्न नदिएपछि सार्वजनिक स्थानमा टासेर फर्किएको बताइएको छ ।

    सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । जसमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेज गर्ने र नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने,आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । यो सहमति नेपाल कम्युनिस्ट पाटीले अक्षरश : पालना गरिराखेको छ भने सरकारले नेकपामाथि लगाएको प्रतिबन्धबाहेक अन्य बुँदाहरु हालसम्म कार्यान्वयन नगर्दा अहिले पनि नेकपाका धेरै नेता,कार्यकर्ताहरु जेल र हिरासतमा झुठा मुद्दा झेलिरहेका छन् ।

    तर नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट हुँदै तीन बुँदे सहमति कार्यान्वयन गर्नका लागि सरकारलाई पटक पटक आग्रह गरियको छ । भने सरकारबाट बेवास्ता गरिएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology