सुदूरपश्चिममा भूकम्पका कारण १३ जना घाइते

  • साझा डबली
  • मङ्लबार, अशोज १६, २०८०
  • सुदूरपश्चिम प्रदेशको बझाङमा आज गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् ।

    जिल्लाका विभिन्न ठाउँमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए ।

    बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।

    राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४।१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४।३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology