चाडबाडको समयमा हुने कालोबजारी र मूल्य वृद्धि रोक्न युवा संगठन अछामको माग

  • साझा डबली
  • सोमवार, अशोज १५, २०८०
  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, जिल्ला समिति पूर्वी अछामले चाडबाडको समयमा हुने कालोबजारी र मूल्य वृद्धि रोक्न माग गरेको छ।चाडबाडको समयमा कृतिम अभाव सृजना गरी चर्को मूल्य वृद्धि गरेर उपभोक्ता ठगिने कार्य हुने भन्दै ध्यााकर्षण पत्र सहित संगठनले विभिन्न माग राखेको हो।

    सोमवार अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल समक्ष संगठनको केन्द्रीय नीति अनुसार ध्यानकर्षण पत्र बुझाइएको युवा संगठन अछामका इन्चार्ज कुमार सी ले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology