केही नेता र मुठ्ठीभर व्यक्तिहरूको स्वार्थमा जबरजस्त लादिएको संविधान स्वीकार्य छैन

  • साझा डबली
  • बुधबार, अशोज ३, २०८०
  • काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रिक्रम सी विप्लवले केही नेता र मुठ्ठीभर व्यक्तिहरूको स्वार्थमा जबरजस्त लादिएको संविधान स्वीकार्य नहुँने वताएका छन्। नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुन नसक्ने भन्दै बुधबार संविधान दिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो भनेका हुन ।

    उनले विज्ञप्तिमा भनेका छन् ‘नेपाली जनताको आकाक्षा र वास्तविक अधिकारलाई सम्बोधन गर्न असफल नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुन नसक्ने केहि निश्चित नेताहरूको स्वार्थको मोलतोल र सहमतिमा जवरजस्ती थोपरीएको यो संविधान आम नेपाली जनताका लागि स्वीकार्य छैन ।
    वर्तमान संविधानसँग असहमत र अग्रगामी परिवर्तनका लागि विभिन्न उत्पीडित जनसमुदायद्वारा सञ्चालित सङ्घर्षहरूप्रति हाम्रो समर्थन रहेको छ ।
    बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो ।
    यहि राजनैतिक प्रक्रियामा अघि बढ्न हाम्रो पार्टी सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।`

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology