एसिया कप क्रिकेटको उपाधि भारतलाई

  • साझा डबली
  • आइतवार, भदौ ३१, २०८०
  • काठमाडौ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । आज भएको फाइनलमा श्रीलंकालाई १० विकेटलए हराउँदै भारत विजेता बनेको हो ।

    टस जितेर ब्याटिङ रोजेको श्रीलंका ५० रनमै अलआउट भएको थियो । मोहम्मद सिराजले एकै ओभरमा ४ विकेट लिएपछि धराशयी बनेको श्रीलंकाले कुनै पनि क्षण भारतलाई चुनौति दिन सकेन । श्रीलंकाका दुईजना ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन बनाए । चार जना ब्याट्सम्यान शून्यमा आउट भए ।

    सिराजले ७ ओभर बलिङ गर्दा २१ रन दिएर ६ विकेट लिए । हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ रन मात्र खर्चेर तीन विकेट लिए भने जसप्रित बुमराहले १ विकेट लिए । श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए ।

    जवाफी ब्याटिङमा भारतले ६.१ ओभरमै लक्ष्य भेट्टायो । कप्तान रोहित शर्माको स्थानमा इसान किसनले शुभमन गिलसँग ब्याटिङ सुरुवात गरेका थिए । उनीहरुले श्रीलंकाका बलरहरुलाई कुनै मौका दिएनन् । गिलले १९ बलमा ६ चौकासहित २७ रन बनाए भने किसनले १८ बलमा २३ रन बनाए ।

    भारतले आठौंपटक एसिया कपको उपाधि जितेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology