एसियाली खेलकुदका लागि क्यानले गर्यो पुरुष क्रिकेट टोलीको घोषणा

  • साझा डबली
  • शुक्रबार, भदौ २९, २०८०
  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङ्झाओमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिताका लागि पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ । एसियाली खेलकुदको १९ औँ संस्करण असोज ६ गतेदेखि २१ गतेसम्म आयोजना हुँदैछ ।

    प्रतियोगिताका लागि शुक्रबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय पुरुष क्रिकेट टोलीको घोषणा गरेको हो । घोषित टोलीमा करण केसी, प्रतिस जीसी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल र गुलसन झा रहेका छन् ।

    यसैगरी क्यानले सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादब, अविनाष बोहरा र सन्दीप लामिछानेलाई पनि एसियाली खेलकुदका लागि घोषित टोलीमा समावेश गरेको छ ।

    विश्वका ४५ देशको सहभागिता रहने उक्त खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ पुरूष गरी कुल दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology