समाजवादी मोर्चाको भोलि धनगढीमा हुने सन्देश सभाको सम्पूर्ण तयारी पूरा

  • साझा डबली
  • सोमवार, भदौ २५, २०८०
  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी सहित चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभा भोलि धनगढीमा हुने भएको छ।मोर्चाको उदेश्य तल्लो तहसम्म सम्प्रेषण गर्ने उद्देश्य सहित सन्देश सभा आयोजना गरिएको हो।

    यस अघि मोर्चाले उक्त कार्यक्रम भाद्र १३ गते गर्ने निणर्य गरेको थियो। MCC को विषयलाई लिएर नेकपाले आन्दोलन गर्ने भए पछि साे सभा स्थगित गर्ने निणर्य गरिएको थियो। यसै बीच मोर्चाको निर्णय अनुसार वीरगन्ज,बुटवल, सुर्खेत पोखरा र हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेका छन्।

    मोर्चामा आवद्ध चार पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने उक्त सभाको सम्पूर्ण तयारी पूरा भइसकेको नेकपा केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगत सी ले साझा डबलीलाई जानकारी दिएका छन्। कार्यक्रम दिउँसो १२ बजे सौराई पार्टी प्लेस, सहिद गेट धनगडीमा हुने भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology