स्रोत नखुलेको २० लाख ५० हजार रुपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ

  • साझा डबली
  • शुक्रबार, भदौ २२, २०८०
  • धनुषा । स्रोत नखुलेको २० लाख ५० हजार रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जनकपुरको टोलीले  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित सडकबाट भारतीय नागरिक राजेश साहलाई पक्राउ गरेको हो ।

    उनले  बोकेको झोला समेतको खानतलासी गर्दा  १ हजार दरको नोट १८५० थान र ५ पाँच सय दरको नोट ४०० थान गरी जम्मा  बीस लाख पचास हजार रुपैयाँ फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

    उनलाई आवश्यक कारबाहीको लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology